Friday 19th December 2025

    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी

धार्मिक / रासिफल

तिलोत्तमामा राखिएका बुद्ध मूर्ति तोडफोड

बुटवल- बुटवल(बेलहिया सडक खण्डको बीच भागमा राखिएका बुद्धमूर्ति तोडफोड भएका छन् । ६ लेन सडकअन्तर्गत शंकरनगर चोकदेखि नयाँमिल खण्डमा राखिएका पाँच वटा बुद्धमूर्ति कामै नलाग्ने गरी तोडफोड भएका हुन् । केही बुद्धमूर्ति सडकमै ल्याएर फ्याँकिएको छ । बुधबार साँझसम्म ठीकठाक अवस्थामा रहेका मूर्ति बिहीबार बिहान तोडफोड भएको अवस्थामा भेटिएको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले बताए

गुरुप्रति श्रद्धाभाव प्रकट गरी गुरुपूर्णिमा मनाउँदै

काठमाडौं – हिन्दू धर्माबलम्बीहरुले आज गुरुप्रति श्रद्धाभाव प्रकट गरी गुरुपूर्णिमा मनाउँदैछन् । आफूलाई शिक्षा दिने गुरुप्रति सम्मान भाव प्रकट गर्दै शिष्यहरुले मनाउँछन् । काठमाडौंका धेरै विद्यालय र क्याम्पसमा विद्यार्थीहरुले गुरुहरुको सम्मानमा कार्यक्रमहरु गरेका छन् । संस्कृत भाषामा गु को अर्थ अन्धकार र रु को अर्थ नष्ट गर्ने भन्ने हुन्छ । शिष्यहरुको अन्धकारलाई हटाउने र ज्ञानको

चन्दननाथ मन्दिरबाट चोरिएका मूर्ति अझै भेटिएनन्

जुम्ला -प्रसिद्ध चन्दननाथ मन्दिरबाट चोरी भएका मूर्ति अझै भेटिएका छैनन् । २०७३ सालको मंसिर १२ गते खलङ्गा बजारस्थित चन्दननाथ मन्दिरबाट मुख्य मानिएको दत्तात्रेयलगायतको २१ थान पुरातात्विक महत्वका मूर्ति चोरी भएका थिए । चोरी भएको झन्डै एक महीनासम्म स्थानीयवासीले दैनिकजसो प्रशासन घेराउलगायत विरोधका विभिन्न कार्यक्रम सञ्चालन गरेका थिए । तत्कालीन प्रहरी महानिरीक्षक नवराज सिलवालसहित केन्द्रीय अनुसन्धान

आक्रामक नाराबाजीका साथ उर्लियो गुठी विधेयकविरुद्वको मानवसागर

काठमाडौं – गुठीसम्बन्धी विधेयक खारेजीको माग गर्दै काठमाडौंमा विशाल प्रदर्शन भएको छ । राष्ट्रियसभामा प्रस्तुत विधेयककाे चौतर्फी विरोधपछि भूमिव्यवस्थामन्त्री मन्त्री पद्या अर्यालले मंगलबार फिर्ता लिएको घोषणा गरेकी थिइन् । सरोकारवालासँगको छलफलपछि यसलाई अघि बढाउने उनको भनाइ थियो । तर, गुठीविधयेकको विपक्षमा रहेकाहरुले सरकारले विधेयक फिर्ताको घोषणा गरे पनि आन्दोलन रोकेका छैनन् । गुठीसम्बन्धी विधेयक त्रुटिपूर्ण

कम्युनिष्ट भएपछि धर्म–संस्कृति मास्नै पर्छ ?

मन्दिरै मन्दिरको शहर काठमाडौं उपत्यका आन्दोलित छ । यो आन्दोलन कुनै शासन व्यवस्था ढाल्न नभएर धर्म–संस्कृति र परम्परा बचाउनका लागि भैरहेको छ । सरकारले गुठीलाई व्यवस्थित गर्ने भन्दै ल्याएको गुठी विधेकले काठमाडौंबासीलाई उत्तेजित बनाएको छ । उपत्यकाका तीनवटै प्राचीन शहरमा व्यापक बिरोध भैरहेको छ । सर्वसाधारण जनता सडकमा उत्रेका छन्, बुद्धिजीवीहरु संचारबाट चिच्याइरहेका छन्, सांसदहरु

काठमाडौंमा इदुल्ल फित्रको रौनक

काठमाडौं – विश्वभरका मुस्लिम धर्मालम्बीहरुले आज आफ्नो महान चाड ‘इदुल्ल फित्र’ मनाइरहेका छन् । नेपालमा पनि मुस्लिम धर्मालम्बीहरुले हर्षोल्लासपूर्वक यो पर्व मनाइरहेका छन् । काठमाडौंसहित देशका विभिन्न स्थानका मस्जिदमा बिहानैदेखि मुस्लिम धर्मालम्बीहरुको भीड लागेको छ । बिहान स्नान गरेर मस्जिदमा नमाज पढ्न उपस्थित भएका मुस्लिम धर्मालम्बीहरुले अहिले खुसी साटासाट गरिरहेका छन् । काठमाडौंको जमलमा रहेको

भक्तपुरमा रथ तान्ने क्रममा ढुंगा हानाहान, ९ घाइते

भक्तपुर – भक्तपुरमा गएराति बिस्केट जात्राको रथ तान्ने क्रममा ढुंगा हानाहान हुँदा ९ जना घाइते भएका छन् । गहिटीबाट रथ अघि बढाउने क्रममा तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाबीच विवाद भएपछि ढुंगा हानाहान भएको हो । गःहिटीबाट तल्लो र माथिल्लो बासिन्दाले तान्न शुरु गरेको रथलाई माथिका बासिन्दाले वंशगोपाल पुर्याएर एउटा घरमा रथ ठोक्किएपछि तनावको स्थिति उत्पन्न

आज चैतेदशैं र रामनवमी, देशभरका शक्तिपीठमा भक्तजनको भीड

काठमाडौं – हिन्दू धर्मालम्बीहरुले आज रामनवमी र चैतेदशैं पर्व मनाउँदै छन् । दशैं तथा रामनवमीको अवसरमा शनिबार बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ । फरक–फरक दिनमा चैतेदशैं र रामनवमी पर्व पर्ने गरेको भए पनि यस वर्ष एकै दिन परेको पञ्चांग निर्णायक समितिले जनाएको छ । अष्टमीलाई पूर्वाह्न र नवमीलाई अपराह्नको समय लिनुपर्ने भएकाले एकैदिन

आजबाट नौ दिने तिलेश्वरमा महायज्ञ सुरु

१३ , फागुन / काभ्रेपलान्चोक – बनेपाको बेथानचोक गाउँपालिका वडा नम्बर(४ छत्रे, पाटीखर्कमा ९ दिने स्वर्णिम श्रीमदभागवत भक्ती संगीत महायज्ञ गरिने भएको छ । तिलेश्वर मन्दिर संरक्षण समितिको आयोजनामा उक्त महायज्ञको आयोजना भएको महायज्ञको सचिव अच्युत सन्जेलले जानकारी दिए । महायज्ञमा शास्त्रीजी, मुमुक्षु श्री उद्द्ब शर्मा तथा बौद्ध धर्म गुरु छेत्र बहादुर लामाबाट बुद्द दर्शन

तमु ल्होसार टुँडिखेलमा  

काठमाडौं – गुरुङ समुदायले पुरानो वर्षको बिदाइ र नयाँ वर्षलाई स्वागत गरेर आज काठमाडैंसहित देशभर ‘तमु ल्होसार’ पर्व मनाएका छन् । तमु ल्होसारको अवसरमा आज गुरुङ समाजले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरे । बसन्तपुर क्षेत्रबाट झाँकीसहित र्‍याली निकालेर टुँडिखेलमा कार्यक्रम गरिएको हो । कार्यक्रममा गुरूङ समुदायले पहिचान झल्किने भेषभुषामा उपस्थित भएका छन् । उनीहरूले