काठमाडौं – नेपाली हिन्दुहरुको दोस्रो ठूलो पर्व तिहार नजिकिएसँगै बजारमा किनमेल गर्नेहरुको भीड पनि बढ्न थालेको छ । तिहारमा खासगरी फूल, बत्ती र भाइमसलाको अत्यधिक माग हुन्छ । विदेशबाट घर–आँगन सजावटका साम्रग्री र बिजुलीका सामानबाहेक भाइ मसलाको आयात हुने गरेको छ । भन्सार विभागका अनुसार तिहारलाई लक्षित गरेर १६ भन्दा धेरै प्रकारका वस्तुहरु व्यवसायीले आयात
शान्ति र सद्भावको सन्देश बोकेर आउने बडा दशैले सम्पुर्ण हिन्दु नेपालीहरुलाई साच्चिकै शान्तिको अनुभुति दिलाउने गर्दछ । हुन पनि हो, दशै जस्तो महान चाडमा हामीले हरेक दुःख कष्ट बिर्सेर सुख र शान्तिको सास फेर्ने गर्दछौँ । एक अर्कासँग खुसी साटासाट गर्ने र मान्यजनबाट टिका ग्रहण गरी दशै मनाउने परम्परा परापुर्व कालदेखि चलिआएको छ । दशैं
काठमाडौं – आज बडादशैंको पाँचौं दिन । हिन्दूधर्मालम्बीहरूले पाँचौं देवी स्कन्दमाताको पूजा–आराधना गरेर मनाउँदै छन् । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमाताको नामबाट चिन्ने गरिएको छ । भगवान् कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो । स्कन्दमाता यस्ती दैवी
काठमाडौं – वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी
काठमाडौं – भूकम्पले जीर्ण भएको जयवागेश्वरी मन्दिर पुनःनिर्माण गर्न भत्काउने क्रममा छानाभित्र तीनवटा गजुर भेटिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । लिच्छविकालीन प्यागोडाशैलीको तीनतले मन्दिरको दोस्रो छाना भत्काएपछि तीनवटा गजुर भेटिएको कोषका इञ्जिनीयर केदार थपलियाले जानकारी दिए । मन्दिरभित्र यस्तो गजुर छ भन्ने कोष, पुरातत्व विभागलगायत सरोकार भएका निकायका अधिकारीलाई यसअघि थाहा थिएन ।
काठमाडौं- दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । यस वर्षको दशैंको टीका असोज २१ गते मंगलबार परेको छ । नेपाल पञ्चांग निर्णायकसमितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले साइत नै खोजेर दशैंको टीका लगाउनेका लागि विजयादशमीको दिन बिहान १०ः३५ बजेको समय उत्तम रहेको बताए । यद्यपि
डडेल्धुरा- सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वका अवसरमा प्रदेशभरि यही भदौ ६ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिने भएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘गौरा पर्व’का अवसरमा आगामी शुक्रबारका दिन सार्वजनिक बिदा दिने घोषणा गरेको हो । साथै मन्त्रालयले सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जनसमुदायमा गौरा पर्वका अवसरमा शुभकामनासमेत व्यक्त गरेको छ ।
काठमाडौं – डडेल्धुरासहित सुदुरपश्चिमका विभिन्न जिल्लाहरुमा ओल्के पर्व उल्लासपूर्वक मनाइँदैछ । काँक्रा, भाण्टा, मुला, दही, पिँडालुका पात र हरियो सागपात आफन्तजनलाई बाँडेर यस पर्व मनाइँदै आइएको छ । साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महत्वका साथ ओल्के पर्व मनाइने परम्परा रहिआएको छ। साउने झरी सकिए लगत्तै दैवी प्रकोपबाट बाँचिएको खुशियालीमा सुदुरका पहाडी जिल्लामा
भक्तपुर – देशभरका नेवार समुदायले शोक र व्यंग्यको गाईजात्रा पर्व आज मनाउदैं छन् । भक्तपुरका नेवार समुदायले पनि विशेष किसिमले यो जात्रा मनाउने प्रचलन रहेको छ । आज शुक्रबारदेखि आठ दिनसम्म यो पर्व मनाउँछन् । भक्तपुरमा मनाइने गाईजात्राको प्रमुख आकर्षण भनेको घिन्ताङघिसी नाच हो । भक्तपुरमा आठ दिनसम्म चल्ने यस पर्वको छुट्टै रौनक र आकर्षण
काठमाडौं – साउने सोमबार भगवान शिवको प्रिय महिना मानिन्छ । शिवको प्रिय महिना र बार भएकाले साउने सोमबार व्रत बसे शिव प्रसन्न हुने र मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । यही विश्वासका आधारमा साउने सोमबारका दिन हिन्दु धर्मालम्बीले शिवको पूजा तथा व्रत बस्ने गरेका छन् । साउनको अन्तिम सोमबारको दिन त शिवालयमा शिवभक्तहरूको उल्लेख्य