Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

गुरुप्रति श्रद्धाभाव प्रकट गरी गुरुपूर्णिमा मनाउँदै

Tuesday, July 16, 2019 National Power

काठमाडौं – हिन्दू धर्माबलम्बीहरुले आज गुरुप्रति श्रद्धाभाव प्रकट गरी गुरुपूर्णिमा मनाउँदैछन् । आफूलाई शिक्षा दिने गुरुप्रति सम्मान भाव प्रकट गर्दै शिष्यहरुले मनाउँछन् । काठमाडौंका धेरै विद्यालय र क्याम्पसमा विद्यार्थीहरुले गुरुहरुको सम्मानमा कार्यक्रमहरु गरेका छन् ।

संस्कृत भाषामा गु को अर्थ अन्धकार र रु को अर्थ नष्ट गर्ने भन्ने हुन्छ । शिष्यहरुको अन्धकारलाई हटाउने र ज्ञानको उज्यालो छर्ने व्यक्तिको रुपमा गुरुको सम्मान हुने गरेको छ । मंगलबार पशुपति क्षेत्रमा रहेको नेपाल वेद विद्याश्रमका विद्यार्थीहरुले गुरुप्रति सम्मान व्यक्त गर्दै विभिन्न श्लोक प्रस्तुत गरे । कपितय शिष्यहरुले गुरुको गोडा ढनै ढोगेर सम्मान व्यक्त गरे ।