Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

आजबाट नौ दिने तिलेश्वरमा महायज्ञ सुरु

Monday, February 25, 2019 National Power

१३ , फागुन / काभ्रेपलान्चोक – बनेपाको बेथानचोक गाउँपालिका वडा नम्बर(४ छत्रे, पाटीखर्कमा ९ दिने स्वर्णिम श्रीमदभागवत भक्ती संगीत महायज्ञ गरिने भएको छ ।

तिलेश्वर मन्दिर संरक्षण समितिको आयोजनामा उक्त महायज्ञको आयोजना भएको महायज्ञको सचिव अच्युत सन्जेलले जानकारी दिए । महायज्ञमा शास्त्रीजी, मुमुक्षु श्री उद्द्ब शर्मा तथा बौद्ध धर्म गुरु छेत्र बहादुर लामाबाट बुद्द दर्शन प्रवचन गर्ने कार्यक्रम रहेको अच्युतले बताए ।

महायज्ञबाट संकलित रकमबाट छत्रे, पाटीखर्कमा तिलेश्वर मन्दिर निर्माण गरिने आयोजकले बताएका छन् ।

  • बेथानचोक खबर