Tuesday 10th December 2024

    गढीमाई मेलामा दर्शनार्थीको घुइँचो    गायक नारायण थापाको “परिणाम नखोज तिमी” सार्बजनिक    पैसाको कमी र यौन असन्तुष्टीका कारण पति-पत्नीको सम्बन्ध कमजोर हुन्छन्    हैदरावादमा पुष्पा–२ को लाइभ कार्यक्रममा भागदौड, एक महिलाको मृत्यु    ‘नेपाल मानव–अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९ देखि १२ डिसेम्बरमा काठमाडौँमा आयोजना हुँदै

बलिउडका दुई सिनेहस्तीको देहवसान

Thursday, April 30, 2020 National Power

काठमाडौ – बलिउडका चर्चित कलाकार ऋषि कपूरको निधन भएको छ । ३ वर्षदेखि क्यान्सर रोगबाट पीडित कपुरको ६७ वर्षको उमेरमा आज (बिहीबार) बिहान निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । स्वास्थ्यमा समस्या आएपछि उनी बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पतालमा भर्ना भएका थिए ।
उनको निधनको खबर अभिनेता अभिताभ बच्चनले ट्विट गर्दै दिएका छन् । बच्चनले ट्विटमा लेखेका छन्, ‘उनी गए, ऋषि कपूर गए..अहिले भर्खर बिते…म विक्षिप्त भएको छु !’

यस्तै भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धीले पनि उनको निधन भएको ट्विटर मार्फत पुष्टि गरेका छन् । उनले भारतीय सिनेमा जगतका लागि यो हप्ता निकै दु:खदायी भएको भन्दै कपूरप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

बुधबारमात्रै अर्का चर्चित कलाकार इरफान खानको क्यान्सरकै कारण निधन भएको थियो । यी दुई कलाकारकाे निधनसँगै बलिउड शाेकमा डुबेकाे छ ।