Wednesday 22nd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

ट्रम्पले भने– मेक्सिको खाडीको नाम फेर्छु

Wednesday, January 8, 2025 National Power

वासिङ्टन डिसी-अमेरिकाको राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले मेक्सिको खाडीको नाम फेर्ने बताएका छन् ।  उनले मंगलबार मेक्सिको खाडीको नाम फेरेर अमेरिकाको खाडी राख्ने अभिव्यक्ति दिएका हुन् । पश्चिमी गोलार्द्धको नक्सा पुनः कोर्ने यो उनको पछिल्लो संकेत हो । ट्रम्पले बारम्बार क्यानडालाई अमेरिकाको ५१ औँ राज्य भनिरहेका छन् । डेनमार्कले पनि ग्रिनल्यान्ड बेच्नेबारे सोच्नु पर्नेमा जोड दिइरहेका छन् । पानामालाई पनि पानामा क्यानल अमेरिकालाई फिर्ता गर्न भनिरहेका छन् ।

सन् २०१६ मा पहिलो पटक राष्ट्रपतिको पदका लागि उम्मेदवारी दिएयता नै मेक्सिकोसँग सीमा सुरक्षा र मेक्सिकोबाट आयातित वस्तुमा अतिरिक्त महसुल लगाउनेसम्म कयौँ कुरालाई लिएर ट्रम्पको खटपट भएको थियो । पहिलो कार्यकालमा ट्रम्पले मेक्सिकोसँगको सीमामा अग्लो पर्खाल लगाउने घोषणा नै गरेका थिए । तर सिनेटबाट सोका लागि बजेट भने पारित गर्न सकेनन् । मेक्सिकोको खाडीलाई अमेरिकाको तेस्रो तट भनिन्छ । यो दक्षिणपूर्वी अमेरिका पाँच राज्य भएर गएको छ । मेक्सिकोले भने यसलाई एल गोल्फो दि मेक्सिको भन्छ ।