Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

मेरिल्याण्डमा ‘ईनास राष्ट्रिय सम्मान २०२५’आयोजना हुने

Sunday, March 23, 2025 National Power

अमेरिका– कला र कलाकारको सारथी ईनास अमेरिकाले नेपाली भाषा, कला, साहित्य, खेलकुद, चलचित्र, सामाजिक सेवा लगायतका बिभिन्न क्षेत्रहरुमा विशिष्ट योगदान पुर्याउनु हुने समुदायका विशिष्ट व्यक्तित्वहरूलाई बिशेष सम्मान गर्दै, नेपाल नेपालीका बिभिन्न भाषा, संस्कृति र विविधता झल्किने बिभिन्न सांगितिक र सांस्कृतिक प्रस्तुतिहरु सहित ईनास राष्ट्रीय सम्मान २०२५ साथै बिबिध सांस्कृतिक कार्यक्रम यहि जूलाई महिनाको २१ तारिख शनिवारको दिन मेरिल्याण्ड राज्यको हार्फोर्ड काउन्टी अवस्थित रमादा विन्डहम RAMADA BY WYNDHAM ( 1700 Van Bibber Rd Edgewood, MD मा गर्ने भएको छ ।

जुन २१, शनिवार २०२५ मा इनास अमेरिकाले मेरिल्याण्डमा हुने कार्यक्रम अमेरिकामा रही बिभिन्न क्षेत्रमा बिशिष्ट योगदान पुराउनु हुने ब्यक्तित्वहरुलाई बिशेष सम्मान र नव प्रतिभाहरुलाई प्रोत्साहन स्वरूप इनास राष्ट्रिय सम्मान २०२५ कार्यक्रम हुन लागेको कुरा इनास अमेरिकाका अध्यक्ष राहुल के.सी ले बताए ।

कार्यक्रममा अमेरिका लगायत बिश्वभरी छरिएर रहेका नेपाली कला, साहित्य, खेल, मनोरञ्जन क्षेत्रका विशिष्ठ कलाकारहरु, खेलाडीहरुको साथमा बिभिन्न निकाय र संघसस्थाहरुको प्रतिनिधिहरुको समेत उल्लेख्य सहभागिता रहने बताईएको छ ।

इनासले बिश्वभर रहेका इनासका शाखाहरु मार्फत, बिशेषगरी बिदेशमा जन्मिएका र हुर्कदै गरेका नयाँ पुस्ताहरुलाई नेपाली भाषा, संस्कृति र परम्परा सिकाउदै नेपाली चाडपर्व जस्तै दशै, तिहार, तीज, होली, नयाबर्ष लगायतमा बहु( सांस्कृतिक कार्यक्रम, बिबिध भाषा साहित्य र खेलकूद सम्बन्धी कार्यक्रमहरु, बिदेशमा नेपाली चलचित्रहरुको प्रबर्धन तथा चलचित्र महोत्सव, अवार्ड ,श्रष्टा सम्मान ,र बाल प्रतिभा जस्ता बिभिन्न कार्यक्रमहरु गर्दै नेपाली भाषा, कला र संस्कृतिको जगेर्णा गर्दै यसको सम्वर्धन र प्रवर्धनमा यस क्षेत्रमा समर्पित श्रष्टा सर्जकहरुलाई एकताबद्ध गर्दै आइरहेको छ ।

२६ आगष्ट सन २०१२ मा युरोपको पोल्याण्डबाट शुरु भएको ईनास बिश्वब्यापी रुपमा विस्तार हुँदै अमेरिकामा २०१४ मा भर्जिनियाबाट बिधिवत रुपमा दर्ता भैइ इनास अमेरिका राष्ट्रिय समिति अन्तर्गत हाल मेरिल्याण्ड, भर्जिनिया, पेन्सिलभेनिया, केन्टकी लगायत अमेरिकाको बिभिन्न राज्य समितिहरुमा बिस्तारित भैइ नेपाली भाषा, कला, संस्कृति र बिबिध क्षेत्रहरुको प्रबर्दन र सम्बर्द्धमा एक गैरनाफामूलक संस्थाको रुपमा आफुलाई स्थापित गराईसकेको छ ।

“अग्रजलाई सम्मान र नवप्रतिभा बालबालिकाहरुलाई प्रोत्साहन” गर्ने उद्देश्यले मिती जुन २१ २०२५ मा, मेरिल्याण्डको हार्फोर्ड काउन्टीमा हुन गैरहेक इनास राष्ट्रिय सम्मान तथा बिबिध सांस्कृतिक कार्यक्रम ‘ईनास राष्ट्रिय सम्मान तथा सांस्कृतिक कार्यक्रम’ संस्थाका पूर्वअध्यक्ष कन्हैयासिंह परियारको कार्यकालमा सन २०२२ बाट सुरु गरिएको थियो, जुन प्रत्येक दुईवर्षमा हुने विशेष सम्मान कार्यक्रमको दोस्रो संस्करण र निरन्तरता हो।

कार्यक्रमलाई भब्य र सफल बनाउन ईनास अमेरिकाले आयोजना गर्न लागेको यस कार्यक्रमको स्थानिय ब्यबस्थापन को जिम्मेवारी ईनास मेरिल्याण्डले लिएको छ जसमा अन्य राज्य समितिहरुको पनि साथ र सहभागिता रहने छ । साथै नेपाली भाषा, कला र संस्कृतिको उत्थानमा कृयाशिल अन्य बिभिन्न संघसंस्थाहरुको पनि सहकार्य र बिशेष सहभागिता रहने छ ।

कार्यक्रमलाई भव्य बनाउन व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी इनास मेरिल्याण्डले लिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत मेरिल्याण्डका लागि पर्यटन प्रवर्द्धक राजु पराजुलीले ‘इनास राष्ट्रिय सम्मान २०२५’ मा सहकार्य गर्न पाउँदा खुसी लागेको बताए।

इनास अमेरिकाका प्रवक्ता गोपालचन्द्र लामिछानेका अनुसार अमेरिकाको नेपाली डायस्पोरामा संस्कृति प्रवर्द्धनका लागि यो कार्यक्रम महत्वपूर्ण हुनेछ। समारोहमा नेपालबाट विशेष अतिथि कलाकारहरूलाई समेत निमन्त्रणा गरिएको उनले जनाए।

नेपाली भाषा, कला, साहित्य र संस्कृति र पर्यटन प्रवर्धनको महत्वपुर्ण सन्देश बोकेर बिदेशी भूमीमा नेपाल र नेपालीको पहिचान स्थापित गराउन गरिएको यस कार्यक्रमलाई सबैले आफ्नो सम्झि भब्य र सफल बनाउन हातेमालो गरिदिनुहुन सबैलाई अनुरोध गरिएको छ सो दिन अन्य कुनै पनि नेपाली सघसंस्थाहरुले आफ्नो कार्यक्रम नराखि वा नजुधाई सहयोग गरिदिन “इनास अमेरिका” ले सवैलाई सार्वजनिक रुपमा अपिल गरिएको छ ।