Wednesday 22nd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

भारतीय थिएटरकी सक्रिय कलाकार अदिति मुखर्जीको सडक दुर्घटनामा मृत्यु

Wednesday, November 19, 2025 National Power

नोएडा – भारतीय थिएटर क्षेत्रमा प्रतिभावान् मानिएकी कलाकार अदिति मुखर्जीको नोएडा एक्सप्रेसवेमा भएको भिषण सडक दुर्घटनामा निधन भएको छ । आइतबार सफीपुर गाउँ नजिकै यो दर्दनाक दुर्घटना भएको हो, उनी ग्रेटर नोएडाको गौतम बुद्ध युनिभर्सिटीमा एक कार्यक्रमका लागि बाइकमा जाँदै थिइन् । सफीपुर गाउँ नजिकै एक अज्ञात सवारीसाधनले उनको बाइकलाई तीव्र गतिमा ठक्कर दिएको थियो । गम्भीर घाइते अदितिलाई तत्काल शारदा अस्पताल लगिए पनि बचाउन नसकिएको भारतीय सञ्चारमाध्यमले लेखेको छ । उनको निधनको खबरले भारतको थिएटर जगतमा गहिरो शोक छाएको छ ।

दिग्गज बलिउड अभिनेता आशुतोष राणासँग हमारे रामु नाटकमा अभिनय गरिरहेकी अदिति आफ्नो भाइ अरिन्दम मुखर्जीसँग दिल्लीको महिपालपुरमा बस्दै आएकी थिइन् । उनको निधनको खबर पाएपछि ओडिशाबाट उनका आमाबुवा पनि नोएडा आइपुगेका छन् ।

प्रख्यात रंगमञ्च निर्देशक अरविन्द गौरले अदितिको निधनमा गहिरो समवेदना व्यक्त गरेका छन् । उनले भने, अदिति एक प्रतिभाशाली, ऊर्जावान र उत्साही अभिनेत्री थिइन् । उनी अस्मिता थिएटरको २०२२ ब्याचकी सक्रिय अभिनेत्री थिइन् । उनको निधन हामी सबैका लागि अत्यन्तै पीडादायक घटना हो ।गौरले एपमा आधारित बाइकर्सले प्रयोग गर्ने सस्तो र असुरक्षित हेलमेटप्रति पनि चिन्ता व्यक्त गर्दै त्यस्ता हेलमेटमा तत्काल प्रतिबन्ध लगाउन माग गरेका छन् । मंगलबार नोएडामा अदितिको पोस्टमार्टम गरिएको थियो । जसपश्चात सेक्टर-९२ स्थित श्मशान घाटमा उनको अन्तिम संस्कार गरिएको थियो ।