Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

सडक र सुरक्षा

नयाँबानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन

काठमाडौं –  एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्रमा आज पनि प्रदर्शन जारी छ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले सडकमा टायर बालेर एमसीसीविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लगाएका छन् । नो एमसीसी लेखिएका ब्यानर र प्लेकार्ड बोकेका छन् । प्रदर्शनकारीलाई प्रहरीले एभरेष्ट

एमाले कार्यकर्ताले लगाए एमसीसी खारेजको नारा

काभ्रे –  नेकपा एमालेका कार्यकर्ताले एमसीसी खारेजको माग गरेका छन् । काभ्रेको धुलिखेलमा सभामुख अग्निप्रसाद सापकोटालाई कालोझण्डा देखाउने क्रममा एमाले कार्यकर्ताले एमसीसी खारेजको पनि नारा लगाएका हुन् । एमालेसम्वद्ध अनेरास्ववियु र युवा संघका कार्यकर्ताले धुलिखेल चोकमा जम्मा भएर प्रदर्शन गरेका थिए । सापकोटा एक कार्यक्रममा सहभागी हुने क्रममा धुलिखेल पुगेका थिए ।

६ दिनदेखि हराएका युवकको गोकर्णेश्वरमा शव भेटियो

काठमाडौं –  ६ दिनदेखि हराइरहेका काठमाडौं गोकर्णेश्वरका एक युवकको बुधबार शव भेटिएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका २७ वर्षका शिशिर भण्डारीको शव बुधबार गोकर्णेश्वर नगरपालिकाकै ओख्रेनी जाने बाटोमा बाग्मती किनारमा शव भेटिएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेश मैनालीले जानकारी दिए । भण्डारी २० माघदेखि हराएको भनी महानगरीय प्रहरी वृत्त वौद्धमा उजुरी परेको थियो । शव

युवकको हत्या गरेर ओडारमा शव लुकाएको आरोपमा पक्राउ परेकाहरु कारागार चलान

धनगढी –  बैतडीमा युवकको हत्या गरेर शव ओडारमा लुकाएको आरोपमा पक्राउ परेका मध्ये दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । अन्य दुई जना भने जनही ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन् । बैतडीको सुर्नया गाउँपालिका-६ का डम्बर अवस्थीको हत्या गरेर शव ओडारमा लुकाएको आरोपमा सोही ठाउँका नवराज अवस्थी, हरिश अवस्थी, रमाकान्त अवस्थी र

७ हजार ३४४ प्रहरी जवानहरुको सरुवा

काठमाडौं – नेपाल प्रहरीले एकैचोटि ७ हजार ३४४ प्रहरी जवानहरुको सरुवा गरेको छ । स्थानीय तह निर्वाचन नजिकिंदै गएका बेला प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा जवानहरुको सरुवा गरेको हो । उनीहरुले फागुन महिनादेखि हाल सरुवा भएको दरबन्दीबाटै तलब भत्ता पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

चीनले नेपालको सीमा मिचेको बीबीसीको रिपोर्ट सरकारद्वारा स्वीकार !

काठमाडौं -नेपाल सरकारले चीनमाथि आफ्नो सीमा मिचेको आरोप लगाएको एक गोप्य दस्तावेजलाई उद्धृत गर्दै बीबीसीले समाचार प्रकाशित गरेको छ । चीनले आफ्नो सीमा मिचेको नेपालले पहिलोपटक आधिकारिकरुपमा स्वीकार गरेको समाचारमा उल्लेख गरिएको छ ।चीनले हुम्लामा सीमा मिचेको समाचार आएपछि गत सेप्टेम्बरमा उक्त रिपोर्ट तयार गरिएको बताइएको छ । नेपाल र चीनबीच उत्तरमा १ हजार ४००

सिन्धुपाल्चोकमा खुकुरी प्रहार गरी २ जनाको हत्या

काठमाडौं – सिन्धुपाल्चोकमा खुकुरी प्रहार गरी दुई जनाको हत्या भएको छ । बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङकी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या भएको हो । आइतबार साँझ सोही स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी वासुमाया र सन्तवीरको हत्या गरेको प्रहरीले जनाएको छ । विजयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला

चन्द्रागिरिमा हिउँ खेलेर फर्किंदा हराएका ५ जनाको उद्धार

काठमाडौं -चन्द्रागिरि घुम्न गएको बेला हराएका एकै परिवारका पाँच सदस्यलाई प्रहरीले मध्यराति उद्धार गरेको छ ।हिउँ खेल्न गएर फर्किने क्रममा जंगलको बाटोमा हराएका चन्द्रागिरि नगरपालिका-६ का २३ वर्षीया रिता गुरूङ, १५ वर्षीय सौभाग्य गुरूङ, १३ वर्षीय सहज गुरूङ, ११ वर्षीया जेनिसा गुरूङ र ७ वर्षीय एनवीन गुरूङलाई उद्धार गरिएको प्रहरीले जनाएको छ। उनीहरू सबै सकुशल

अमेरिकाले युरोपमा थप २ हजार सैनिक खटाउने

काठमाडौं – युक्रेनमा रुसले आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले यसै हप्ता युरोपमा अतिरिक्त सेना पठाउने निर्णय गरेको छ ।अमेरिकी राष्ट्रपति जो बाइडनले करीब दुई हजार सैनिक युरोपको सीमा क्षेत्रमा पठाउने निर्णय गरेका ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यी सैनिकहरु फोर्ट ब्राग, नर्थ क्यारोलिनाबाट पोल्याण्ड र जर्मनी पठाइने छ । यसैगरी जर्मनीमा

अमेरिकाले यूएईलाई लडाकु विमान र मिसाइल नष्ट गर्ने युद्धपोत पठाउने

काठमाण्डौ – अमेरिकाले संयुक्त अरब इमिरेट्स ९यूएई० लाई लडाकु विमान र मिसाइल (क्षेप्यास्त्र) नस्ट गर्ने युद्धपोत पठाउने भएको छ । अमेरिकाले यमनका विद्रोहीहरूको आक्रमणको विरुद्ध यूएईको सहयोगका लागि युद्ध विमान र फाइटर जेट पठाउने भएको हो । अमेरिकाका रक्षा मन्त्री लायड अस्टिन र यूएईका क्राउन प्रिन्स (राजकुमार) मोहम्मद बिन जायेद अल नहयानबीच फोनमा भएको वार्तामा