काठमाडौं – एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्रमा आज पनि प्रदर्शन जारी छ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले सडकमा टायर बालेर एमसीसीविरुद्ध नाराबाजी गरेका छन् । उनीहरुले ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लगाएका छन् । नो एमसीसी लेखिएका ब्यानर र प्लेकार्ड बोकेका छन् । प्रदर्शनकारीलाई प्रहरीले एभरेष्ट
काभ्रे – नेकपा एमालेका कार्यकर्ताले एमसीसी खारेजको माग गरेका छन् । काभ्रेको धुलिखेलमा सभामुख अग्निप्रसाद सापकोटालाई कालोझण्डा देखाउने क्रममा एमाले कार्यकर्ताले एमसीसी खारेजको पनि नारा लगाएका हुन् । एमालेसम्वद्ध अनेरास्ववियु र युवा संघका कार्यकर्ताले धुलिखेल चोकमा जम्मा भएर प्रदर्शन गरेका थिए । सापकोटा एक कार्यक्रममा सहभागी हुने क्रममा धुलिखेल पुगेका थिए ।
काठमाडौं – ६ दिनदेखि हराइरहेका काठमाडौं गोकर्णेश्वरका एक युवकको बुधबार शव भेटिएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका २७ वर्षका शिशिर भण्डारीको शव बुधबार गोकर्णेश्वर नगरपालिकाकै ओख्रेनी जाने बाटोमा बाग्मती किनारमा शव भेटिएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेश मैनालीले जानकारी दिए । भण्डारी २० माघदेखि हराएको भनी महानगरीय प्रहरी वृत्त वौद्धमा उजुरी परेको थियो । शव
धनगढी – बैतडीमा युवकको हत्या गरेर शव ओडारमा लुकाएको आरोपमा पक्राउ परेका मध्ये दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । अन्य दुई जना भने जनही ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन् । बैतडीको सुर्नया गाउँपालिका-६ का डम्बर अवस्थीको हत्या गरेर शव ओडारमा लुकाएको आरोपमा सोही ठाउँका नवराज अवस्थी, हरिश अवस्थी, रमाकान्त अवस्थी र
काठमाडौं – नेपाल प्रहरीले एकैचोटि ७ हजार ३४४ प्रहरी जवानहरुको सरुवा गरेको छ । स्थानीय तह निर्वाचन नजिकिंदै गएका बेला प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा जवानहरुको सरुवा गरेको हो । उनीहरुले फागुन महिनादेखि हाल सरुवा भएको दरबन्दीबाटै तलब भत्ता पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
काठमाडौं -नेपाल सरकारले चीनमाथि आफ्नो सीमा मिचेको आरोप लगाएको एक गोप्य दस्तावेजलाई उद्धृत गर्दै बीबीसीले समाचार प्रकाशित गरेको छ । चीनले आफ्नो सीमा मिचेको नेपालले पहिलोपटक आधिकारिकरुपमा स्वीकार गरेको समाचारमा उल्लेख गरिएको छ ।चीनले हुम्लामा सीमा मिचेको समाचार आएपछि गत सेप्टेम्बरमा उक्त रिपोर्ट तयार गरिएको बताइएको छ । नेपाल र चीनबीच उत्तरमा १ हजार ४००
काठमाडौं – सिन्धुपाल्चोकमा खुकुरी प्रहार गरी दुई जनाको हत्या भएको छ । बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङकी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या भएको हो । आइतबार साँझ सोही स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी वासुमाया र सन्तवीरको हत्या गरेको प्रहरीले जनाएको छ । विजयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला
काठमाडौं -चन्द्रागिरि घुम्न गएको बेला हराएका एकै परिवारका पाँच सदस्यलाई प्रहरीले मध्यराति उद्धार गरेको छ ।हिउँ खेल्न गएर फर्किने क्रममा जंगलको बाटोमा हराएका चन्द्रागिरि नगरपालिका-६ का २३ वर्षीया रिता गुरूङ, १५ वर्षीय सौभाग्य गुरूङ, १३ वर्षीय सहज गुरूङ, ११ वर्षीया जेनिसा गुरूङ र ७ वर्षीय एनवीन गुरूङलाई उद्धार गरिएको प्रहरीले जनाएको छ। उनीहरू सबै सकुशल
काठमाडौं – युक्रेनमा रुसले आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले यसै हप्ता युरोपमा अतिरिक्त सेना पठाउने निर्णय गरेको छ ।अमेरिकी राष्ट्रपति जो बाइडनले करीब दुई हजार सैनिक युरोपको सीमा क्षेत्रमा पठाउने निर्णय गरेका ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यी सैनिकहरु फोर्ट ब्राग, नर्थ क्यारोलिनाबाट पोल्याण्ड र जर्मनी पठाइने छ । यसैगरी जर्मनीमा
काठमाण्डौ – अमेरिकाले संयुक्त अरब इमिरेट्स ९यूएई० लाई लडाकु विमान र मिसाइल (क्षेप्यास्त्र) नस्ट गर्ने युद्धपोत पठाउने भएको छ । अमेरिकाले यमनका विद्रोहीहरूको आक्रमणको विरुद्ध यूएईको सहयोगका लागि युद्ध विमान र फाइटर जेट पठाउने भएको हो । अमेरिकाका रक्षा मन्त्री लायड अस्टिन र यूएईका क्राउन प्रिन्स (राजकुमार) मोहम्मद बिन जायेद अल नहयानबीच फोनमा भएको वार्तामा