Wednesday 8th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

चीनले नेपालको सीमा मिचेको बीबीसीको रिपोर्ट सरकारद्वारा स्वीकार !

Wednesday, February 9, 2022 National Power

काठमाडौं -नेपाल सरकारले चीनमाथि आफ्नो सीमा मिचेको आरोप लगाएको एक गोप्य दस्तावेजलाई उद्धृत गर्दै बीबीसीले समाचार प्रकाशित गरेको छ । चीनले आफ्नो सीमा मिचेको नेपालले पहिलोपटक आधिकारिकरुपमा स्वीकार गरेको समाचारमा उल्लेख गरिएको छ ।चीनले हुम्लामा सीमा मिचेको समाचार आएपछि गत सेप्टेम्बरमा उक्त रिपोर्ट तयार गरिएको बताइएको छ ।

नेपाल र चीनबीच उत्तरमा १ हजार ४०० किलोमिटर लामो सीमा रहेको छ । नेपालस्थित चिनियाँ दूतावासले भने नेपालको सीमा नमिचेको बताउँदै आएको छ । गोप्य रिपोर्ट सार्वजनिक भएपछि सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले छिमेकीसँग सीमाबारे समस्या कूटनीतिकरुपमा समाधान गरिने बताएका छन् । उक्त रिपोर्ट हालसम्म किन प्रकाशित भएन भनेर बीबीसीले समाचारमा प्रश्न समेत उठाएको छ । रिपोर्टले नेपाल र चीनबीच बढ्दो निकटतामा दबाब बढ्ने समाचारमा उल्लेख गरिएको छ ।

​बीबीसीलाई प्राप्त रिपोर्टमा सीमामा चिनियाँ सुरक्षाकर्मीले गतिविधि बढाएको, लालुङजोङ स्थित नेपाली भूमिमा धार्मिक गतिविधि गर्न रोक लगाएको, नेपाली कृषकलाई वस्तुभाउ चराउन अवरोध गरेको उल्लेख छ । त्यस्तै, चीनले सीमा स्तम्भमा तार लगाउनका साथै नेपाली भूमिमा नहर र सडक बनाउने तयारी गरेको उल्लेख छ । तर, सीमाबारे अध्ययन गर्न गएको टोलीले यसअघि नेपाली भूमिमा बनाइएको भनिएको चिनियाँ भवन वास्तवमा चिनियाँ भूमिमा नै बनाएको पाएको रिपोर्टमा भनिएको छ । चिनियाँ बजारसँग आश्रित भएकाले त्यहाँ रहेका नेपालीहरूले सीमा समस्याबारे टोलीसँग धेरै कुरा गर्न नचाहेको रिपोर्टमा जिकिर गरिएको छ । रिपोर्टमा सीमामा नेपाली सुरक्षाकर्मीलाई तैनाथ गर्न सुझाव दिइएको छ ।