Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

युवकको हत्या गरेर ओडारमा शव लुकाएको आरोपमा पक्राउ परेकाहरु कारागार चलान

Wednesday, February 9, 2022 National Power

धनगढी –  बैतडीमा युवकको हत्या गरेर शव ओडारमा लुकाएको आरोपमा पक्राउ परेका मध्ये दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । अन्य दुई जना भने जनही ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन् । बैतडीको सुर्नया गाउँपालिका-६ का डम्बर अवस्थीको हत्या गरेर शव ओडारमा लुकाएको आरोपमा सोही ठाउँका नवराज अवस्थी, हरिश अवस्थी, रमाकान्त अवस्थी र गोपाल अवस्थीलाई प्रहरीले पक्राउ गरेको थियो ।

मंगलबार जिल्ला अदालतमा भएको थुनछेक बहसपछि नवराज र हरिश पुर्पक्षका लागि कारागार चलान भएका हुन् । रमाकान्त र गोपाल भने जनही ५० हजार रुपैयाँ धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश पालले जानकारी दिए । गत मंसिर १४ गतेदेखि बेपत्ता डम्बर अवस्थीको हत्या गरेर शव ओडारमा गाडेको अवस्थामा प्रहरीले २८ पुसमा फेला पारेको थियो ।

हत्याका अभियुक्त मध्येका हरिश अवस्थीले आफू अपहरणमा परेको नाटक गरेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले राप्ती नदीको किनारबाट नियन्त्रणमा लिएर बैतडी प्रहरीलाई बुझाएपछि अवस्थी हत्या प्रकरण सार्वजनिक भएको थियो ।