Wednesday 8th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

युवकको हत्या गरेर ओडारमा शव लुकाएको आरोपमा पक्राउ परेकाहरु कारागार चलान

Wednesday, February 9, 2022 National Power

धनगढी –  बैतडीमा युवकको हत्या गरेर शव ओडारमा लुकाएको आरोपमा पक्राउ परेका मध्ये दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । अन्य दुई जना भने जनही ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन् । बैतडीको सुर्नया गाउँपालिका-६ का डम्बर अवस्थीको हत्या गरेर शव ओडारमा लुकाएको आरोपमा सोही ठाउँका नवराज अवस्थी, हरिश अवस्थी, रमाकान्त अवस्थी र गोपाल अवस्थीलाई प्रहरीले पक्राउ गरेको थियो ।

मंगलबार जिल्ला अदालतमा भएको थुनछेक बहसपछि नवराज र हरिश पुर्पक्षका लागि कारागार चलान भएका हुन् । रमाकान्त र गोपाल भने जनही ५० हजार रुपैयाँ धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश पालले जानकारी दिए । गत मंसिर १४ गतेदेखि बेपत्ता डम्बर अवस्थीको हत्या गरेर शव ओडारमा गाडेको अवस्थामा प्रहरीले २८ पुसमा फेला पारेको थियो ।

हत्याका अभियुक्त मध्येका हरिश अवस्थीले आफू अपहरणमा परेको नाटक गरेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले राप्ती नदीको किनारबाट नियन्त्रणमा लिएर बैतडी प्रहरीलाई बुझाएपछि अवस्थी हत्या प्रकरण सार्वजनिक भएको थियो ।