Thursday 23rd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

अमेरिकाले यूएईलाई लडाकु विमान र मिसाइल नष्ट गर्ने युद्धपोत पठाउने

Wednesday, February 2, 2022 National Power

काठमाण्डौ – अमेरिकाले संयुक्त अरब इमिरेट्स ९यूएई० लाई लडाकु विमान र मिसाइल (क्षेप्यास्त्र) नस्ट गर्ने युद्धपोत पठाउने भएको छ । अमेरिकाले यमनका विद्रोहीहरूको आक्रमणको विरुद्ध यूएईको सहयोगका लागि युद्ध विमान र फाइटर जेट पठाउने भएको हो । अमेरिकाका रक्षा मन्त्री लायड अस्टिन र यूएईका क्राउन प्रिन्स (राजकुमार) मोहम्मद बिन जायेद अल नहयानबीच फोनमा भएको वार्तामा अमेरिकाले यस्तो निर्णय गरेको बीबीसीले जनाएको छ ।

अमेरिकी रक्षा मन्त्रालयको तर्फबाट निकालिएको विज्ञप्तिमा दुवै नेताले हुथी विद्रोहीहरूको पछिल्लो आक्रमणको बारेमा चर्चा गरेका बताइएको छ । त्यो आक्रमणमा यूएईका केही नागरिकको ज्यान गएको थियो । हुथी विद्रोहीहरूको आक्रमणका कारण अमेरिका र यूएईका सैनिकको सुरक्षामाथि पनि प्रश्न उठेको पेन्टागनले भनेको छ । अमेरिका यूएईसँग आफ्नो रणनीतिक साझेदारीलाई लिएर प्रतिबद्ध रहेको रक्षा मन्त्री लायड अस्टिनले जोड दिनुभएको छ ।

अमेरिकी रक्षा मन्त्रालयका अनुसार अमेरिकाले मिसाइल नस्ट गर्ने युद्धपोत यूएसएस कोल यूएई पठाउनेछ, जसले त्यहाँको जलसेनासँग मिलेर काम गर्नेछ । अमेरिकी रक्षा मन्त्रीले यूएईका राजकुमारलाई अमेरिकाले सहयोगका लागि फाइटर एअरक्राफ्ट पनि जुटाइरहेको जानकारी दिनुभएको छ । गएको महिना यूएईमाथि हुथी विद्रोहीहरूले ड्रोन आक्रमण गरेका थिए, जसमा तीन जनाको ज्यान गएको थियो ।