Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

सडक र सुरक्षा

काठमाडौं उपत्यकामा एकैदिन १८ सय १७ जना सवारी चालकमाथि कारवाही

काठमाडौं – ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा १ हजार ८१७ जना चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।  कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १४७ जना, मदिरा पिएर सवारी साधन चलाउने १४८ जना, तिब्र गतीमा सवारी साधन चलाउने ४०

अब ६८ वर्षमै वृद्धभत्ता पाइने

काठमाडौं – सरकारले वृद्धभत्ता पाउने उमेर ६८ वर्षमा झारेको छ । हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएकोमा अब ६८ वर्ष पुगेकाहरुले नै वृद्ध भत्ता पाउनेछन् ।अर्थमन्त्री जनार्दन शर्माले आज २०७९/८० को बजेट संघीय संसदमा बजेट प्रस्तुत गर्दै ६८ वर्षमै वृद्ध भत्ता पाउने घोषणा गरे । साथै सामाजिक सुरक्षा भत्ता नलिने स्वघोषणा

ललितपुरको अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकको मृत्यु, चार घाइते

काठमाडौं – ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले बताए । अहिले प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको छ ।

म्यादी प्रहरीको भर्ना खुल्यो

काठमाडौं- स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेको छ। मंगलबार नेपाल प्रहरीले एक लाख म्यादी प्रहरीको भर्ना खुलाएको हो। प्रहरी प्रधान कार्यालय, मानवस्रोत एवम् प्रशासन विभागले सार्वजनिक गरेको सूचना चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन दिन पाइने छ। उपत्यकाको हकमा महानगरीय प्रहरी परिसर र अन्य सबै जिल्ला प्रहरी कार्यालयमा पुगेर दरर्खास्त फारम बुझाउन पाइने

रुसले आक्रमण जारी राखेको बेला रेल चढेर युक्रेनको राजधानी पुगे ३ देशका प्रधानमन्त्री

काठमाडौं –  रुसले युक्रेनमा आक्रमण जारी राखेको बेला तीन देशका प्रधानमन्त्री रेल चढेर युक्रेनको राजधानी किएभ पुगेका छन् । युक्रेनको साथमा उभिन पोल्याण्ड, स्लोभेनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरु रेलको खतरनाक र लामा यात्रा गर्दै किएभमा पुगेको बीबीसीले जनाएको छ । रुसले आक्रमण तीव्र पारेपछि किएभमा ३५ घण्टे कर्फ्यु लगाइएको छ । कर्फ्यु लगाइएको बेलामै पोल्याण्डका

संखुवासभा दुर्घटना : मृत्यु हुनेको संख्या १४ पुग्यो

संखुवासभा – सङ्खुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । बिहीबार बिहान मादी नगरपालिका–६ को पुलुड्ड स्थित सात घुम्तीमा दुर्घटना दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको हो । ना ४ ख ७३५ नम्बरको बस सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको संखुवासभा प्रहरी प्रमुख डिएसपी

भक्तपुरमा महिलामाथि ‘तेजाब’ प्रहार

काठमाडौं – भक्तपुरमा एक जना महिलामाथि ‘तेजाब’ प्रहार भएको छ ।जिल्ला प्रहरी कार्यालय, भक्तपुरका प्रमुख एसपी शिवकुमार श्रेष्ठका अनुसार सूर्यविनायक–४, दधिकोटकी ६० वर्षीया पूजा गुभाजुमाथि हानिकारक रसायन प्रहार भएको हो । रसायन प्रहार गरेको अभियोेगका उनका श्रीमान् श्याम गुभाजु पक्राउ परेको श्रेष्ठले बताए । रसायन के हो भन्ने परीक्षणपछि मात्रै खुल्ने उनले  बताए ।रसायनका कारण

नेपालको सडक मर्मतमा नयाँ प्रविधि भित्र्याउँदै एमसीसी

काठमाडौं – मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को कम्प्याक्ट सम्झौता अनुमोदन भएसँगै अब आयोजना कार्यान्वयनको तयारी सकाउने ढोका खुलेको छ । एमसीसीअन्तर्गत अमेरिकाले नेपालमा सडक मर्मतमा नयाँ प्रविधि हस्तान्तरण गर्दैछ । एमसीसी अन्तर्गत पूर्व-पश्चिम राजमार्गको एउटा खण्डमा ‘फूल डेप्थ रिक्लेमेसन’ र ‘सुपेरियर पर्फर्मिङ आस्फाल्ट पेभमेन्ट’ (सुपरपेभ) प्रविधि नेपालमा पहिलो पटक प्रयोग हुनेछ । मिलेनियम च्यालेन्ज एकाउन्ट

अन्तराष्ट्रिय स्पेस स्टेशनको सुरक्षा र अन्य मिसन पूरा गर्नका लागि रुसको स्पेस एजेन्सीसँग सहकार्य गरिरहने : नासा

काठमाडौं –  युक्रेनमाथि हमला गरेसँगै रुसविरुद्ध अमेरिका लगायतका पश्चिमा मुलुकहरुले विभिन्न प्रतिबन्धहरुको घोषणा गरेका छन् । त्यसमा कतिपय प्रतिबन्धहरु यस्ता छन् जसले रुसी अन्तरीक्ष कार्यक्रमलाई नै कमजोर गराइदिने छन् ।युक्रेन हमला पश्चात् रुस र अमेरिका बीचको सम्बन्ध तिक्ततापूर्ण बनेको छ । अमेरिकी प्रतिबन्धले रुसी अर्थतन्त्रलाई ठूलो झट्का दिने अमेरिकाका राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

राष्ट्रपति पुटिनको गल्तीको कारण अलपत्र परे रुसका २७ हजार नागरिक

काठमाडौं -रुस र युक्रेन बीचको जारी युद्धको असर तेस्रो मुलुकमा यात्रा गरिरहेका रुसी नागरिकहरूमा परेको छ । हवाई उडान बन्दका कारण करिब २७ हजार रुसी नागरिक विभिन्न देशमा अलपत्र परेको बताइएको छ । रुसले युक्रेनमाथि हमला गरेपछि धेरै देशले आफ्नो हवाई क्षेत्र बन्द गरिसकेका छन् । जसका कारण धेरै रुसी नागरिक अहिले ठाउँ ठाउँमा अलपत्रमा