Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

रविको पक्राउप्रति पत्रकार महासंघ न्यूज २४ प्रतिष्ठानको आपत्ति

Friday, August 16, 2019 National Power

काठमाडौं – पत्रकार रवि लामिछाने र युवराज कँडेललाई टेलिभिजनको कार्यालयबाट गरिएको गिरफ्तारीप्रति नेपाल पत्रकार महासंघ न्यूज २४ प्रतिष्ठानले आपत्ति जनाएको छ । शुक्रबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमार्फत लगाइएको आरोपमा प्रहरीले सीमा, मर्यादा, अन्तर्राष्ट्रिय मापदण्ड मिचेर सञ्चारगृहको कार्यालय परिसरभित्रै प्रवेश गरी नियन्त्रणमा लिएको प्रति प्रतिष्ठानले आपत्ति जनाएको हो ।

कार्यवहाक अध्यक्ष प्रदीपराज दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीले दिएको भिडियो प्रकरणबारे प्रहरीलाई अनुसन्धानका लागि आवश्यक सबै सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्दागर्दै प्रहरीले कार्यक्रम सीधाकुरा जनताको कार्यकक्षमै आएर नियन्त्रणमा लिएकोप्रति खेद व्यक्त गर्दछौं ।’

कार्यक्रम प्रशारण हुन एक घन्टा २५ मिनेट मात्रै बाँकी रहँदा अन्तर्राष्ट्रिय मूल्य, मान्यता विपरित पत्रकारद्वयलाई नियन्त्रणमा लिइएको विज्ञप्तिमा भनिएको छ । साथै, प्रस्तोताविनै कार्यक्रम सञ्चालन गरिएको पनि उल्लेख गरिएको छ ।

सञ्चारगृहभित्र प्रवेश गरेर प्रहरीले देखाएको शैलीबाट प्रेस स्वतन्त्रता र सूचनाको हकमा प्रश्न उठाएको पनि भनिएको छ । हाल चितवनमा रहेका लामिछाने, कँडेल र नर्स अस्मिता कार्कीलाई अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।