Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

रवि लामिछानेलाई ५ दिन हिरासतमा राख्न अनुमति

Friday, August 16, 2019 National Power

काठमाडौं -पत्रकार रवि लामिछानेसहित तीन जनालाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, चितवनले पूर्वसहकर्मी सालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो । चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले म्याद थप गरेको प्रहरीले जनाएको छ ।

लामिछानेलाई अदालतमा उपस्थित गराउनुअघि उनका समर्थकले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले लामिछानेको यथाशिघ्र रिहाइका लागि माग गरेका थिए । भिडका बीच प्रहरीले लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई अदालतमा उपस्थित गराएको थियो ।

बिहीबार साँझ लामिछाने र कँडेललाई न्यूज २४ टेलिभिजनबाटै गिरफ्तार गरिएको थियो भने कलंकीबाट अस्मिता कार्कीलाई पक्राउ गरिएको थियो ।