Monday 28th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

विवाह समारोहमा आत्मघाती विस्फोट

Sunday, August 18, 2019 National Power

काठमाडौं – अफगानिस्तानको एक विवाह हलमा आत्मघाती बम विस्फोट भएको छ । विस्फोटमा कैयन हताहती भएको बताइए पनि यकिन विवरण आइसकेको छैन । काबुलस्थित हलमा विवाह समारोह भइरहेका बेला गएराति २२ः४० बजे बम विस्फोट भएको रोयटर्सले जनाएको छ । घटनामा कम्तीमा २० जना घाइते भएका छन् । उनीहरूलाई उद्धार गरेर अस्पताल पुर्‍याइएको छ ।

प्रत्यक्षदर्शीहरुले विवाह समारोह भइरहेका बेला एक व्यक्तिले आत्मघाती हमला गरेको बीबीसीलाई बताएका छन् । उनीहरुले घटनास्थलमा शव देखेको पनि बताएका छन् । विवाह समारोहमा सहभागी मोहम्मद फरगले आफू महिला समूहतर्फ रहेका बेला पुरुष बस्ने स्थानतर्फ लक्ष्य गरेर ठूलो विस्फोट गराइएको बताएका छन् । अफगानिस्तानमा हलमा सयौंको संख्यामा भेला भएर विवाह गर्ने परम्परा छ । जहाँ पुरुषहरु एकतर्फ र महिला तथा बालबालिकालाई अर्कोतर्फ राखिन्छ ।

प्रत्यक्षदर्शीले फरगले बताएअनुसार विस्फोटलगत्तै सबै मानिस आत्तिँदै बाहिर निस्केका थिए । विस्फोटको २० मिनेटसम्म विवाह हल धुवाँको मुस्लोले भरिएको थियो । उनले पुरुष बस्ने स्थानका मानिस जीवित या घाइते के छन् भन्न सकिने अवस्था नरहेको बताएका छन् ।

आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता नश्रत रहिमीले शनिबारको विस्फोटबाट मानिसहरु हताहती भए पनि विवरण संकलनको काम भइरहेको बताए । ‘विस्फोटबाट ठूलो हताहती भएको छ । हामी विवरण संकलनकै अवस्थामा रहेकाले क्षतिबारे यकिन गरेर भनिहाल्ने अवस्थामा छैनौं’, उनले भनेका छन् ।

विस्फोटको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन । बम विस्फोट गराइएको ठाउँ सिया मुस्लिम बाहुल्य क्षेत्र हो । अफगानिस्तानसँगै पाकिस्तानमा रहेका अल्पसंख्यक सिया हजारा समूदाय सुन्नी मुस्लिम आर्मी, तालिवान र इस्लामिक स्टेट समूहको निशानामा पर्दै आइरहेका छन् ।

यसअघि काबुलको प्रहरी स्टेशन बाहिर तालिवान समूहले भयानक बम विस्फोट गराएको थियो । जसमा कम्तीमा १४ अफगानीको ज्यान गएको थियो भने झण्डै १५० घाइते भएका छन् । शुक्रबार मात्रै पाकिस्तानी शहर क्वेटा नजिकैको मस्जिदमा विस्फोट हुँदा तालिवानी नेता हिवतुल्लाह अखुण्डजादाका दाजुको ज्यान गएको थियो । यो आक्रमण कसले गराएको थियो भन्ने अहिलेसम्म खुलेको छैन ।

तालिवान र अमेरिकाले अफगानिस्तानमा शान्ति स्थापनाका लागि भन्दै हजारौं सेना तैनाथ गराए पनि त्यहाँ थप हिंसाका घटनामा कमी आउनुको साटो बढ्दै गइरहेका छन् ।