Thursday 24th April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

पुडासैनी मृत्यु प्रकरण : अनुसन्धान फाइल सरकारी वकिलको कार्यालयमा

Sunday, August 25, 2019 National Power

चितवन – टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहनसँग सम्बन्धित मुद्दाको फाइल सरकारी वकिलको कार्यालयमा पेस भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनले उनीहरुमाथि अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमा आइतबार फाइल पेस गरेको हो ।

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धान गर्न प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई हिरासतमा राखेर अनुसन्धान गर्दै आएको छ । अब उनीहरुविरुद्ध थुनछेक बहस हुने छ । बहसपछि उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय हुनेछ ।

पुडासैनी चितवनको एक होटलको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेका थिए । उनले मोबाइलमा भेटिएको भिडियोमा पुडासैनीले आफ्नो मृत्युको कारण लामिछाने, कँडेल र कार्की भएको बताएपछि प्रहरीले तीनै जनालाई साउन ३० अनुसन्धानको लागि पक्राउ गरेको थियो । तर, रविका समर्थकहरुले भने निर्दोष व्यक्तिलाई पक्राउ गरेको भन्दै प्रदर्शन गर्दै आएका छन् ।