Sunday 1st March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

पुडासैनी प्रकरणमा निर्दोषलाई फसाउन र दोषी उम्कने स्थिति बने दुर्घटना निम्तिनेछः प्रदीप पौडेल

Tuesday, August 20, 2019 National Power

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पुडासैनी प्रकरणको सत्यतथ्य छिटो सार्वजनिक गर्न माग गरेका छन् । पौडेलले टुइटर मार्फत आफ्नो धारणा राख्दै लेखेका छन् घटनामा संलग्न जो कोहीलाई पनि कडा कारबाही होस् तर विभिन्न षडयन्त्र बुनेर निर्दोषलाई फसाउन यो घटनाको प्रयोग भयो भने त्यसले ठूलो दुर्घटना निम्त्याउने बताएका छन् ।

घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै ट्विट गरेका छन् । नेता पौडेलले लेखेको ट्विट यस्तो छ, “पुडासैनी प्रकरणको सत्यतथ्य छिटो सार्वजनिक होस्। घटनामा संलग्न जो कोहीलाई पनि कडा कारबाही होस् तर विभिन्न षडयन्त्र बुनेर निर्दोषलाई फसाउन यो घटनाको प्रयोग भयो भने त्यसले ठूलो दुर्घटना निम्त्याउने छ।

कसैले पनि आफूप्रति विश्वास कायम राख्न नसकेका कारण शङ्काको घेरा बढेको छ।यो घटनाले सरकारी संयन्त्रप्रति थप अविश्वास बढ्ने स्थिति नबनोस्।कानुनी राज्यको प्रत्याभूति पुडासैनी प्रकरणको सत्यतथ्य छिटो सार्वजनिक होस्।

घटनामा संलग्न जो कोहीलाई पनि कडा कारबाही होस् तर विभिन्न षडयन्त्र बुनेर निर्दोषलाई फसाउन यो घटनाको प्रयोग भयो भने त्यसले ठूलो दुर्घटना निम्त्याउने छ। छानविन अगाडि बढाइयोस्।