Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

रिया–महेश भट्टको ह्वाट्सएप च्याट सार्वजनिक, आफैंले तोडेकी थिइन् सुशान्तसँग सम्बन्ध ?

Saturday, August 22, 2020 National Power

काठमाण्डाै-  सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणबारे व्यापक अनुसन्धान भइरहेको छ । ८ जूनमा जब रिया सुशान्तको घरबाट निस्किएकी थिइन् तब उनले निर्देशक महेश भट्टसँग कुराकानी गरेको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । उनले महेश भट्टसँग आफ्नो र सुशान्तको सम्बन्धबारे कुरा गरेको स्रोतले बताएको छ । उक्त च्याट भाइरल हुने बित्तिकै मानिसहरुले रिया आफैंले सुशान्तसँग सम्बन्ध तोडेको अनुमान गरिँदैछ

रियाले आफ्नो बयानमा सुशान्तले भनेपछि ८ जूनपछि उनको घर छोडेर गएको र यस्तो गर्दा आफू कत्ति पनि खुसी नभएको बताएकी थिइन् । सुशान्तले आफ्नी दिदी मितू सिंह उनको घरमा आउन लागेको बताएपछि रियालाई घर छोड्न भनिएको उनले आफ्नो बयानमा बताएकी थिइन् । तर अब रिया चक्रवर्तीको ह्वाट्सएप च्याट लिक भएपछि भने कुरा अन्तै मोडिएको छ ।

महेश भट्टले भनेपछि रियाले सम्बन्ध तोडिन् ?

८ जूनमा सुशान्तको घर छोडेपछि रियाले महेश भट्टलाई मेसेजमा लेखेकी थिइन्, ‘आयशा अघि बढेकी छे सर, भारी मन तर शान्तिका साथ । तपाईंसँगको अन्तिम कुराकानीले मेरो आँखा खोलिदिएको थियो । तपाईं मेरो ‘एन्जल’ हुनुहुन्छ । तपाईं त्यतिबेला पनि हुनुहुन्थ्यो र अहिले पनि हुनुहुन्छ ।’ यस्तै महेश भट्टले रियाको यो मेसेजको जवाफ पनि फर्काएका छन् ।

उनले रियालाई जवाफ दिँदै लेखे, ‘अब पछाडि फर्कने काम नगर । तपाईंका पितालाई मेरो प्रेम दिनुहोस् । अब उहाँ निकै खुसी हुनुहोला ।’ अब महेश भट्टले कुराकानीको क्रममा रियाका पितालाई ल्याउनुको अर्थ नायिकाका पिता यो सम्बन्धले खुसी थिएनन् ।

यस्तै, भाइरल च्याटमा रिया लगातार महेश भट्टलाई धन्यवाद दिइरहेकी छिन् । एक मेसेजमा रियाले महेशका लागि लेखेकी छिन्

‘तपाईंले पुनः मलाई स्वतन्त्र पारिदिनुभएको छ । तपाईं मेरो जीवनको भगवान जस्तै हुनुहुन्छ । ’

यस्तै महेश भट्टले पनि रियालाई आफ्नी छोरी समान बताइरहेका छन् । उनले यति हिम्मत देखाएको भन्दै रियाको तारिफ पनि गरेका छन् ।