Tuesday 28th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

ती व्यक्ति जसले खतरनाक शार्कसँग भिडेर श्रीमतीको ज्यान बचाए

Monday, August 17, 2020 National Power

काठमाडौं – अष्ट्रेलियामा एक व्यक्तिले आफ्नी श्रीमतीलाई मृत्युको मुखबाट निकालेपछि चर्चामा आएका छन् । स्थानीय रिपोर्टका अनुसार एक शार्कले उनकी श्रीमतीमाथि हमला गरेको थियो । त्यतिबेला उनी आफ्नो सर्फ बोर्डबाट र्शाकमाथि बर्सिए र श्रीमतीलाई नछोडेसम्म शार्कलाई मुक्का हानिरहे ।

घटना त्यतिबेला भयो जब ३५ वर्षकी शानटेल डायल न्यू साउथ वेल्समा पोर्ट मेकवोरीको शेली बीचमा सर्फिङ गरिरहेको बेला शार्कले उनीमाथि हमला गरेको थियो । शानटेललाई शार्कको मुखबाट बचाएपछि श्रीमानले उनलाई किनारासम्म पुर्याए । त्यसपछि उनकी श्रीमतीलाई एयर एम्बुलेन्समार्फत् अस्पताल पुर्याइयो । उनको दाहिने खुट्टामा गम्भीर चोट लागेको छ ।

पोर्ट मेकवोरी न्यूजसँगको कुराकानीमा विशेषज्ञले डायलस्थित एक शार्कको बच्चाले हमला गरेको हुनसक्ने अनुमान गरेका छन् । उक्त शार्कको बच्चाको लम्बाई ३ मिटर ९१० फिट० हुनसक्ने पनि विशेषज्ञले अनुमान गरेका छन् । सर्फ लाइफ सेभिङ एनएसडब्ल्यूका प्रमुख स्टिवन पियर्टले शानटेलका श्रीमान् मार्क र्याम्पलेको तारिफ गरेका छन् ।

स्टिवन पियर्सले सिड्नी मर्निङ हेराल्डसँग भने, ‘यी प्रेमी आफ्नो बोर्डमार्फत् शार्कमाथि बर्सिए र आफ्नी श्रीमतीलाई मृत्युको मुखबाट छुटाएर उनलाई किनारासम्म पुर्याए ।’ स्टिवन पियर्सले मार्कले एक हिरोको रुपमा सबैकुरा गरेको बताए ।

एम्बुलेन्स एनएसडब्ल्यस्का इन्सपेक्टर एन्ड्रयू बेवर्लीले डाक्टर पुग्नुअघि नै समुद्रको किनारामा भएका मानिसहरुले शानटेललाई प्राथमिक उपचार गरिसकेका थिए । उनले भने, ‘त्यहाँ भएका मानिसहरुले जस्तो मद्दत गरेका छन्, त्यो तारिफयोग्य छ । उनीहरुले उत्कृष्ट काम गरेका छन् ।’

उनका अनुसार पछिल्लो केही महिनामा उक्त तट नजिकै भएको शार्कको यो तेस्रो हमला हो ।शानटेललाई न्यूक्यासल अस्पताल पुर्याइएको थियो जहाँ उनको शल्यक्रिया गरियो । अब उनको हालत स्थिर छ ।

स्रोतः बीबीसी