काठमाडौं – अमेरिकी सहयोग परियोजना (एमसीसी) अध्ययन गर्न गठित ५ दलीय गठबन्धनको ‘एमसीसी अध्ययन कार्यदल’ को बैठक प्रभावित भएको छ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा पुस पहिलो साता गठित तीन सदस्यीय कार्यदलको बैठक कोरोना संक्रमणका कारण प्रभावित भएको हो । कार्यदलको पहिलो बैठक पुस ७ गते पहिलो पटक बसेपनि
काठमाडौं- काठमाडौंको बौद्धमा युवक–युवतीको शव भेटिएको छ । महानगरी प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार काठमाडौं महानगरपालिका– ६ बौद्धको एक घरमा दुई जनाको शव भेटिएको हो । राधाकृष्ण मन्दिरस्थित एक घरको कोठामा उनीहरुको शव भेटिएको हो । बिहीबार राति पौने १ बजे महानगरीय प्रहरी परिसर काठमाडौं घटनाबारे खबर प्राप्त भएको थियो । खबर
काठमाडौँ- वैदेशिक रोजगारीका लागि मागपत्र आएर पनि कोरोनाका कारण जान नपाएका ३० हजारभन्दा बढी मागपत्रको पुुनः छ महिना समय थप गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुुमार श्रेष्ठले रोजगारदाता देशबाट दुुई वर्ष ९२०७६ फागुन०अघि वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउन प्राप्त भएका मागपत्र कार्यन्वयनका लागि छ महिनाको समय थप गर्नुभएको हो । वैदेशिक रोजगारीसम्बन्धी
पर्सा- धान खरिदमा बिचौलिया सक्रिय भएपछि वीरगञ्जमा धान खरिद कार्य रोकिएको छ । खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्जले खरिद गर्न बन्द गरेको हो। कम्पनीले मापदण्ड बनाएर थप व्यवस्थित ढङ्गले धान खरिद गर्न केही दिनका लागि खरिद कार्य रोकिएको बताए पनि किसानले भने किसानको धान खरिद गर्न रोकेर भित्रभित्रै व्यापारी र बिचौलियाले ल्याएको धान
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका परिवार र अन्य आफन्तको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा निवेदन दिएका डा गोविन्द केसीले यसै विषयमा अर्को उजुरी पनि हालेका छन् । बृहत् नागरिक आन्दोलनका तर्फबाट डा केसीले हिजो ९मंगलबार० पूरक निवेदन दिएका हुन् । जसमा उनले प्रधानन्यायाधीश जबराकी पत्नी रेजी राणा क्षत्रीका नाममा अवैध
काठमाडौँ- नारायणहिटी दरबार सङ्ग्रहालयभित्र सम्झौताविपरीत थप जग्गा अतिक्रमण गरी नयाँ संरचना निर्माण गरिएको पाइएको छ । दुई पक्षीय सम्झौतामा दुई हजार १७० वर्ग फिट (करिब ६ आना मात्र) जमिन मात्र प्रयोग गर्ने सहमति भएको देखिन्छ । त्यसका लागि दरबारको मुख्य प्रवेशद्वारको पश्चिमतर्फको रातो घर र बङ्करसहितको शौचालयले चर्चेको जमिन गरी ६ आना तीन पैसा ‘क्याफ्टेरिया’
काठमाडौँ – नारायणहिटी दरबार सङ्ग्रहालयभित्र पनि माफियाहरुले व्यवसाय सञ्चालन गर्ने तयारी थालेका छन् । उक्त संग्रहालय परिसरभित्रको करिब १० रोपनी जग्गा मिलेमतोमा भाडामा दिइएको पाइएको छ । बतास अर्गनाइजेसन समूहको बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट नामक कम्पनीलाई उक्त जग्गा सस्तैमा भाडामा दिइएको बताइएको छ । सङ्ग्रहालयकै एक कर्मचारीका अनुसार तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं
काठमाडौँ- सरकारले विदेशबाट दूध तथा दुग्धजन्य पदार्थ आयात गर्न दिने कि नदिने निर्णयलाई डेरी उद्योगीले केही दिन पर्खिनुपर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको राष्ट्रिय दुग्ध विकास बोर्डले दूध तथा दुग्धजन्य पदार्थ आयात गर्ने विषयमा आइतबार सरोकारवालासँग छलफल गर्दा दूधको मूल्य निर्धारण भएपछि मात्र त्यस विषयमा छलफल गरेर टुङ्ग्याउने निष्कर्ष निकालेको छ ।
काठमाडौं – चालू आर्थिक वर्ष २०७८(७९ मा धान उत्पादनमा कमी आएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विगत पाँच वर्षयताकै धान उत्पादनमा कमी आएको जनाएको हो । मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७७(७८ को तुलनामा चालू आवमा धान उत्पादनमा ८।७४ प्रतिशतले कमी आएको हो । चालू आवमा ५१ लाख ३० हजार
कालीकोट- पछिल्लो समय गाउँमा तरकारी व्यवसायमा नागरिकको रुचि देखिन थालेको छ । सुक्खा क्षेत्रका रूपमा परिचित जिल्लाको पलाँता गाउँपालिकामा कृषकहरू सामूहिक तरकारी खेतीतर्फ अग्रसर भएका छन् । गाउँपालिकाको वडा नं ९ थिर्पु जिउला खेतीका हिसाब गाउँपालिकाभित्रै राम्रो उत्पादन हुने क्षेत्र हो । थिर्पु जिउलाको सिरानमा सिँचाइ कुलो भएकाले जुनसुकै बाली लगाउन पनि सकिन्छ । वर्षातको