Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

कोरोनाका कारण वैदेशिक रोजगारीमा जान नपाएका मागपत्रको समय थप

Friday, January 7, 2022 National Power

काठमाडौँ-  वैदेशिक रोजगारीका लागि मागपत्र आएर पनि कोरोनाका कारण जान नपाएका ३० हजारभन्दा बढी मागपत्रको पुुनः छ महिना समय थप गरिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुुमार श्रेष्ठले रोजगारदाता देशबाट दुुई वर्ष ९२०७६ फागुन०अघि वैदेशिक रोजगारीमा नेपाली श्रमिक पठाउन प्राप्त भएका मागपत्र कार्यन्वयनका लागि छ महिनाको समय थप गर्नुभएको हो । वैदेशिक रोजगारीसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका २०७५ अनुसार छ महिना समय थप गरिएको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस महामारीअघि प्राप्त भएका माग पुनः प्रमाणीकरण गर्न खर्चिलो, झन्झटिलो र असम्भव प्रायः भएकाले व्यावहारिक कठिनाइका कारण छ महिना श्रमिक पठाउन पाउनेगरी समय थप गरिएको श्रममन्त्री श्रेष्ठले जानकारी दिनुुभयो । यी मागपत्रमा समय थप गरिएसँगै ३० हजार नेपाली युवाले विदेशमा रोजगारी प्राप्त गर्ने उहाँको भनाइ छ ।
मन्त्रालयका अनुसार समय थप गरिएका मागपत्र खाडीका कतार, साउदी अरब, संयुुक्त अरब इमिरेट्स ९यूएई० कुवेत, मलेसियालगायतका देशका माग रहेका छन् ।