Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

एमसीसी अध्ययन कार्यदलको बैठक प्रभावित

Monday, January 10, 2022 National Power

काठमाडौं – अमेरिकी सहयोग परियोजना (एमसीसी) अध्ययन गर्न गठित ५ दलीय गठबन्धनको ‘एमसीसी अध्ययन कार्यदल’ को बैठक प्रभावित भएको छ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा पुस पहिलो साता गठित तीन सदस्यीय कार्यदलको बैठक कोरोना संक्रमणका कारण प्रभावित भएको हो ।
कार्यदलको पहिलो बैठक पुस ७ गते पहिलो पटक बसेपनि त्यसयता बैठक बस्न नसकेको र अध्ययन प्रक्रिया अघि बढ्न नसकेको कार्यदलका संयोजक खनालले जानकारी दिए । ‘कार्यदलले सामान्य अध्ययन गरिरहेपनि ठोस रुपमा केही भएको छैन । कार्यदलको बैठक पुस पहिलो साता बस्यो, त्यसपछि बस्न सकेको छैन’, संयोजक खनालले भने, ‘पुन बस्ने भन्दाभन्दै कोरोनाले कार्यदलका सदस्यमा संक्रमण देखिएपछि बैठक नै प्रभावित बनेको छ ।’

खनालको नेतृत्वमा गठित तीन सदस्यीय कार्यदलमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की सदस्य छन् । कार्यदल सदस्य तथा माओवादी केन्द्रका नेता श्रेष्ठ हाल कोरोना संक्रमणका कारण आइसोलेसनमा छन् ।

एमसीसीका विवादित बुँदा अध्ययन गरेर गठबन्धनको बैठकमा छलफल गरेर साझा धारणा बनाउने गठबन्धन भित्र प्रयास भइरहेको बताइन्छ । संयोजक खनालको निवासमा पुस ७ गते बसेको पहिलो बैठकले एमसीसीबारे थप डकुमेन्टहरू जुटाएर अध्ययन गर्ने निर्णय गरेको थियो ।
त्यसका लागि केपी ओली नेतृत्वको सरकार र एमसीसीबीच भएका भनिएका थप सहमतिहरु खोज्ने र अध्ययनका आधारमा सुझाव पेश गर्ने कार्यदलले जनाएको थियो । स्रोतका अनुसार ओली नेतृत्वको सरकारका पालामा भएका कतिपय एमसीसीसँग सम्बन्धित सहमतिहरु लुकाइएका छन् ।