Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

काठमाडौंको बौद्धमा युवती र युवक मृत फेला

Friday, January 7, 2022 National Power

काठमाडौं-  काठमाडौंको बौद्धमा युवक–युवतीको शव भेटिएको छ । महानगरी प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार काठमाडौं महानगरपालिका– ६ बौद्धको एक घरमा दुई जनाको शव भेटिएको हो । राधाकृष्ण मन्दिरस्थित एक घरको कोठामा उनीहरुको शव भेटिएको हो ।

बिहीबार राति पौने १ बजे महानगरीय प्रहरी परिसर काठमाडौं घटनाबारे खबर प्राप्त भएको थियो । खबर प्राप्त भएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको उहाँले बताउनुभयो । संखुवासभाका २५ वर्षीय अनिस जिमी र खोटाङकी २२ वर्षीया युसिना राई मृत फेला पर्नुभएको हो । धारिलो हतियार प्रयोग गरि दुवै जनाको हत्या गरिएको देखिएको एसपी मैनालीले बताउनुभयो ।

मृत दुवै जना २०–२२ दिनदेखि लिभिङ टुगेरमा बस्दै आउनुभएको र उहाँको चिनजान पब्लिक गेम पब्जीबाट भएको पछिल्लो अनुसन्धानबाट खुलेको मैनालीको भनाइ छ । मृतक दुवै जनाको शव पोस्टमाटमा लागि शुक्रबार बिहान ५ बजे त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । पोस्टमाटपछि थप तथ्य बाहिर आउने उहाँले बताउनुभयो ।