Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

सामूहिक खेतीमा आकर्षण

Monday, January 3, 2022 National Power

कालीकोट- पछिल्लो समय गाउँमा तरकारी व्यवसायमा नागरिकको रुचि देखिन थालेको छ । सुक्खा क्षेत्रका रूपमा परिचित जिल्लाको पलाँता गाउँपालिकामा कृषकहरू सामूहिक तरकारी खेतीतर्फ अग्रसर भएका छन्  । गाउँपालिकाको वडा नं ९ थिर्पु जिउला खेतीका हिसाब गाउँपालिकाभित्रै राम्रो उत्पादन हुने क्षेत्र हो ।

थिर्पु जिउलाको सिरानमा सिँचाइ कुलो भएकाले जुनसुकै बाली लगाउन पनि सकिन्छ । वर्षातको समयमा धान खेती हुने यो खेतमा हिउँदको समय गहुँसँगै पछिल्लो समय तरकारी खेती गर्न थालिएको छ । गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बमले एकल तथा सामूहिक तरकारी खेती गर्नेलाई अनुदानको समेत व्यवस्था गरिएको बताउनुभयो । उहाँले स्थानीय तहसँग साझेदारी गर्ने गैरसरकारी संस्थाले पनि नागरिकलाई आत्मनिर्भर गराउनेखालका कार्यक्रम ल्याएकाले सजिलो भएको बताउनुभयो । अध्यक्ष बमले गतवर्ष किसानले लगाएको लसुनले बजार नपाउँदा आफूले खरिद गरेर जिल्लाबाहिर पठाएको सुनाउनुभयो ।

“हामीले तरकारी खेती गर्नुहोस् भन्यौँ तर बजार नभएकाले गर्दा किसानलाई निराश बनाउनुभन्दा आफैँले खरिद गरियो । अनि जिल्लाबाहिर पठाएर पनि बजारसम्म पु¥याएको अध्यक्ष बमको भनाइ छ । केप्टा परियोजना संयोजक नरेन्द्रबहादुर शाहीले पनि किसानले उत्पादन गरेको वस्तु आफूले खरिद गरी अन्य समुदायमा अनुदान दिएको सुनाउनुभयो । थिर्पुकी उइजना बमले गत वर्ष आफूले उत्पादन गरेको बन्दा र काउलीबाट १० हजार नगद कमाइ भएको बताउनुभयो ।