Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

धान खरिद बिक्रीमा बिचौलिया

Thursday, January 6, 2022 National Power

पर्सा-  धान खरिदमा बिचौलिया सक्रिय भएपछि वीरगञ्जमा धान खरिद कार्य रोकिएको छ । खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्जले खरिद गर्न बन्द गरेको हो। कम्पनीले मापदण्ड बनाएर थप व्यवस्थित ढङ्गले धान खरिद गर्न केही दिनका लागि खरिद कार्य रोकिएको बताए पनि किसानले भने किसानको धान खरिद गर्न रोकेर भित्रभित्रै व्यापारी र बिचौलियाले ल्याएको धान कम्पनीले खरिद गरिरहेको आरोप लगाएका छन् ।

किसान शिवजीप्रसाद साहले बिचौलियाको आर्थिक प्रभावमा कम्पनीका कर्मचारीले किसानको धान खरिद गर्न विभिन्न बहाना बनाई अलमलाई रहेको आरोप लगाउनुभयो । उहाँले तीन दिनदेखि धान ट्याक्टरमा लोड गरी ल्याएकामा कम्पनीका कर्मचारीले विभिन्न बहाना देखाएर धान खरिद गर्न नमानेको तर बिचौलियाको धान खरिद भइरहेको बताउनुभयो ।

बिचौलिया गाउँघरमै पुगेर सरकारले तोकेको मूल्यभन्दा प्रतिक्विन्टल ४०० देखि ५०० रुपियाँ कममा धान खरिद गर्ने र सो रकमको केही हिस्सा कम्पनीका कर्मचारीलाई दिएर धान बिक्री गर्ने गरेको स्थानीय किसानको भनाइ छ । यस वर्षका लागि सङ्घीय सरकारले सोना मन्सुलीको मूल्य प्रतिक्विन्टल दुई हजार ९०२ रुपियाँ र प्रमुख जिल्ला अधिकारी संयोजक रहेको स्थानीय प्राथमिक खरिद समितिले जिरा मसिनोको प्रतिक्विन्टल दुई हजार ९१० रुपियाँ कायम गरेको छ । कम्पनीले हालसम्म लगभग पाँच हजार ५०० क्विन्टल सोना मन्सुली धान खरिद सकेको र प्रक्रिया मिलाई थप धान खरिद गर्ने प्रवक्ता कुशवाहाले जानकारी दिनुभयो ।

सरकारले यस वर्षको धानको समर्थनमा मूल्य निर्धारण गरेपछि कम्पनीले पुस ७ गतेदेखि धान खरिद गर्न थालेको थियो तर बिचौलिया र व्यापारीले धान बेच्न ल्याएको पाइएपछि मापदण्ड बनाएर मात्र धान खरिद गर्ने उद्देश्यले हाल धान खरिद कार्य रोकिएको कम्पनीका सूचना अधिकृत मुनिलाल कुशवाहाले बताउनुभयोध्र