Saturday 20th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

म्यादी प्रहरीको भर्ना खुल्यो

Wednesday, March 16, 2022 National Power

काठमाडौं- स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुलेको छ। मंगलबार नेपाल प्रहरीले एक लाख म्यादी प्रहरीको भर्ना खुलाएको हो। प्रहरी प्रधान कार्यालय, मानवस्रोत एवम् प्रशासन विभागले सार्वजनिक गरेको सूचना चैत ६ गतेदेखि ११ गतेसम्म आवेदन दिन पाइने छ।

उपत्यकाको हकमा महानगरीय प्रहरी परिसर र अन्य सबै जिल्ला प्रहरी कार्यालयमा पुगेर दरर्खास्त फारम बुझाउन पाइने छ। सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति तोकेको छ। चुनावी प्रयोजनका लागि थप सुरक्षाकर्मी आवश्यक परेकोले सरकारले म्यादी प्रहरी भर्ना गर्न लागेको हो।