Saturday 4th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

रुसले आक्रमण जारी राखेको बेला रेल चढेर युक्रेनको राजधानी पुगे ३ देशका प्रधानमन्त्री

Wednesday, March 16, 2022 National Power

काठमाडौं –  रुसले युक्रेनमा आक्रमण जारी राखेको बेला तीन देशका प्रधानमन्त्री रेल चढेर युक्रेनको राजधानी किएभ पुगेका छन् । युक्रेनको साथमा उभिन पोल्याण्ड, स्लोभेनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरु रेलको खतरनाक र लामा यात्रा गर्दै किएभमा पुगेको बीबीसीले जनाएको छ ।

रुसले आक्रमण तीव्र पारेपछि किएभमा ३५ घण्टे कर्फ्यु लगाइएको छ । कर्फ्यु लगाइएको बेलामै पोल्याण्डका प्रधानमन्त्री मातेउस मोराभिएत्सकी, स्लोभेनियाका प्रधानमन्त्री यानेस यान्सा र चेक गणतन्त्रका प्रधानमन्त्री पेत्र फियालाले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीसँग भेटवार्ता गरेका थिए । रुसले युक्रेनमा आक्रमण गरेपछि युक्रेनका राष्ट्रपति जेलेन्स्कीलाई भेट्ने उनीहरु पहिलो अन्तर्राष्ट्रिय नेताहरु हुन् । उनीहरुले भेटिरहेको बेलामा किएयमा ठूलो विष्फोटको आवाज सुनिएको थियो ।

जेलेन्स्कीसँगको भेटमा उनीहरुले युक्रेनले गरेको प्रतिवादको प्रशंसा गर्दै यो लडाइँमा आफूहरु युक्रेनको साथमा रहेको बताएका थिए । जेलेन्स्कीलाई भेटेपछि चेक गणतन्त्रका प्रधानमन्त्री फियालाले ट्वीटरमा लेखेका छन्, ‘हामी तपाईंहरुको लडाइँको प्रशंसा गर्छौं । तपाईंहरू हाम्रो जीवनका लागि पनि लडिरहनु भएको छ । तपाईंहरू एक्लो हुनुहुन्न ।’ यसैगरी पोल्याण्डका प्रधानमन्त्री मातेउस मोराभिएत्सकीले आफूहरूले युक्रेन गुमाए युरोप अहिलेको जस्तो नहुने बताएका छन् ।