Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

शान्ति मिसनका लागि लिबिया जान लागेका सेनामा कोरोना देखिएपछि उडान स्थगित

Monday, September 14, 2020 National Power

काठमाडौं –  संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति मिसनका लागि लिबिया जान लागेका नेपाली सेनाको केही सैनिक जवानहरूमा कोरोना संक्रमण देखिएपछि उडान स्थगित भएको छ ।

काभ्रेपालाञ्चोकको पाँचखास्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा तालिम समाप्त गरी क्वारेन्टिनमा रहेका सैनिक जवानहरु मध्ये उडान पूर्व गरिएको कोरोना परीक्षणमा केही सैनिकमा कोरोना संक्रमण देखिएको सहायक रथी सन्तोष राज पौडेलले बताए ।

नेपाली सेनाले सोमबार जारी गरेको सूचनामा संक्रमण पुष्टि भएका सैनिक जवानहरुको कन्ट्याक ट्रेसिङ गरी सबै जनाको पुनः परीक्षणपछि मात्र उडानको मिति तय हुने उल्लेख छ ।

युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिबियामा खटिएको नेपाली सेनाको टोलीलाई प्रतिस्थापन गर्न आइतबार साँझ उक्त टोली त्यसतर्फ जाने तयारी थियो ।