Tuesday 20th May 2025

    २० वटा विधामा ३५ जनालाई अवार्ड प्रदान गर्दै राष्ट्रिय संगीत अवार्ड – २०८२ सम्पन्न    कोशी प्रदेशका रमणीय स्थलमा छायांकन गरिएको प्रेमिल गीतको " तिमि मेरो प्राण हौ " सार्वजनिक    राष्ट्रिय दोहोरीगीत आइडल हुने, विजेताले नगद र मोटरसाइकल पाउने    निम अवार्ड २०२५ को सफल समापन पछि धन्यवाद तथा आभार कार्यक्रम सम्पन्न    १६ औं संस्करणको प्रिज्माडि सिने अवार्ड मनोनयनमा सार्वजनिक

शान्ति मिसनका लागि लिबिया जान लागेका सेनामा कोरोना देखिएपछि उडान स्थगित

Monday, September 14, 2020 National Power

काठमाडौं –  संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति मिसनका लागि लिबिया जान लागेका नेपाली सेनाको केही सैनिक जवानहरूमा कोरोना संक्रमण देखिएपछि उडान स्थगित भएको छ ।

काभ्रेपालाञ्चोकको पाँचखास्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा तालिम समाप्त गरी क्वारेन्टिनमा रहेका सैनिक जवानहरु मध्ये उडान पूर्व गरिएको कोरोना परीक्षणमा केही सैनिकमा कोरोना संक्रमण देखिएको सहायक रथी सन्तोष राज पौडेलले बताए ।

नेपाली सेनाले सोमबार जारी गरेको सूचनामा संक्रमण पुष्टि भएका सैनिक जवानहरुको कन्ट्याक ट्रेसिङ गरी सबै जनाको पुनः परीक्षणपछि मात्र उडानको मिति तय हुने उल्लेख छ ।

युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिबियामा खटिएको नेपाली सेनाको टोलीलाई प्रतिस्थापन गर्न आइतबार साँझ उक्त टोली त्यसतर्फ जाने तयारी थियो ।