Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

इतिहासमा आज : दिल्लीमा शृङ्खलाबद्ध विस्फोट, २६ जनाको मृत्यु

Sunday, September 13, 2020 National Power

भारत -आज १३ सेप्टेम्बर । सन् २००८ मा भारतको राजधानी दिल्लीमा शृङ्खलाबद्ध रुपमा आतङ्कवादी हमला हुँदा २६ जनाको ज्यान गयो भने ७० भन्दा बढी व्यक्ति घाइते भए । साँझ ६ बजेर ७ मिनेट जाँदा गफ्फार मार्केटमा पहिलो बम पड्किएको थियो । त्यसको केही समयलगत्तै कनाट प्यालेसका दुई फरक स्थानमा राखिएको बम पड्कियो । त्यपपछि ग्रेटर कैलाशका दुई ठाउँमा पनि बम बिस्फोट भयो । यी सबै क्षेत्र दिल्लीका व्यस्त ठाँउ हुन्, जहाँ साँझको समय मानिसको व्यापक चहलपहल हुन्छ ।

विस्फोटको केही समयपछि दिल्लीमा सुरक्षा व्यवस्था बढाइयो भने छिमेकी राज्य उत्तर प्रदेश, हरियाणा र पञ्जावमा पनि अलर्ट घोषणा गरियो । ती राज्यमा पनि हमला हुनसक्ने खतरालाई ध्यानमा राखेर यस्तो सतर्कता अपनाइएको थियो ।

यस हमलाको जिम्मा इस्लामिक संगठन इन्डियन मुजाहिद्दिनले लियो । घटनाको अनुसन्धानको जिम्मा दिल्ली पुलिसको स्पेशल सेललाई दिइएको थियो, अनुसन्धानका क्रममा ५ दिनपछि प्रहरीले शृङ्खलाबद्ध हमलामा जोडिएका केही मानिस जामिया नगरस्थित बाटला हाउसको पसल नम्बर एल–१८ मा लुकेको पत्ता लगायो । त्यसपछि यस पसलमा छापा मार्दा हमलावर र पुलिसबीच भीडन्त भयो ।

यस भिडन्तमा दुुईजना हमलावर तथा स्पेशल सेलका इन्काउन्टर स्पेशलिस्ट मोहन चन्द शर्माको मृत्यु भयो । भिडन्तका दौरान एकजना हमलावर भाग्न सफल भए । यद्यपि, यो इन्काउन्टरको सत्यताबारे पनि ठूलो विवाद रहेको छ । उनलाई पक्रन दिल्ली पुलिसलाई थप १० वर्ष लाग्यो । इन्डियन मुजाहिद्दिनका आरिज खान उर्फ जुनैद नामक यी हमलाकारी २०१८ मा पक्राउ परे ।