Thursday 11th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

आज साउनको अन्तिम सोमबार सिवालयहरुमा भक्तजनहरुको घुईचो

Monday, August 12, 2019 National Power

काठमाडौं – साउने सोमबार भगवान शिवको प्रिय महिना मानिन्छ । शिवको प्रिय महिना र बार भएकाले साउने सोमबार व्रत बसे शिव प्रसन्न हुने र मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

यही विश्वासका आधारमा साउने सोमबारका दिन हिन्दु धर्मालम्बीले शिवको पूजा तथा व्रत बस्ने गरेका छन् । साउनको अन्तिम सोमबारको दिन त शिवालयमा शिवभक्तहरूको उल्लेख्य उपस्थिति हुने गरेको छ । पुण्य मिल्ने विश्वासमा आज बिहानैदेखि काठमाडौंको पशुपति मन्दिरमा शिवभक्तहरूको लामो लाइन लागेको छ । व्रतालुहरूले आफ्ना प्रिय शिव भगवानका महिमामा भजन गाउँदै नाचगान गरिरहेका छन् ।
त्यस्तै, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेव भनेर चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वरलगायतका शिवालयहरुमा पनि सोमबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबार पूजा गर्ने र बोलबम मेला भर्नेहरुको भीड छ ।