२३ जेठ, सल्यान – गएराति आएको हावाहुरीले शिशु जागरण मावि सल्यानको छाना उडाएपछि अध्ययन अध्यापन प्रभावित भएको छ । वागचौर नगरपालिका–९ मा रहेको विद्यालय भवनको छाना उडाएपछि परेको अविरल वर्षाका कारण पढाइ प्रभावित भएको प्रअ केवलराम डाँगीले जानकारी दिए । हावाले विद्यालयको छानामा राखिएको दुई हजार चार सय वाटको सोलार प्यानल तथा विद्यालयमा रहेका अन्य
२३ जेठ काठमाडौं – निजी तथा आवासीय विद्यालय सञ्चालकहरूको दुई संस्थाले सरकारले ल्याएको शिक्षा नियमावली–२०७३ मा निजी संस्थागत विद्यालयलाई मान्यता नदिइएको भन्दै आपत्ति जनाएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेन प्याब्सन र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन एन प्याब्सनले आज यहाँ पत्रकार सम्मेलन गरी नियमावलीको मस्यौदामा आफूहरूले दिएका सुझाव समावेश नगरिएकाले यसका विरुद्ध
७ जेठ, गुल्मी – ३१ जेठमा हुने दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनका लागि गुल्मीमा एक शिक्षकले शिक्षण पेसाबाट राजीनामा दिएर वडा अध्यक्षमा उम्मेदवारी दिने भएका छन्। जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं. १३ स्थित श्री घोर्ले मावि दुबिचौरमा अध्यापन गर्दै आएका शिक्षक खुमबहादुर खत्रीले शिक्षण पेसाबाट राजीनामा दिएर नेपाली कांग्रेसबाट वडा अध्यक्षमा उम्मेदवारी
४ जेठ, सर्लाही – सर्लाहीबाट शिक्षकसँग चार लाख रुपैयाँ घुस लिंदै गरेको अवस्थामा आज बिहान चारजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । महोत्तरीको बर्दिबासमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहान घुस लिंदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला शिक्षा कार्यालय सर्लाहीका उप जिशिअ रामहरि रिजाल र वासुदेव तिमल्सिना तथा
२८ वैशाख,कैलाली – लगातार शैक्षिक आमहडतालको मारमा परेका कैलाली जिल्लाका सम्पूर्ण शैक्षिक संस्थामा आजबाट पठनपाठन सुरु भएको छ । बुधबार दिनभर प्याब्सन, एनप्याब्सनका पदाधिकारी र विप्लप माओवादी निकट अखिल क्रान्तिकारीबीच भएको छलफलपछि आजबाट विद्यालय खोल्ने सहमति भएको अखिल क्रान्तिकारी कैलालीका उपाध्यक्ष झलक विकले जानकारी दिए । उनले पक्राउ परेका आफ्ना विद्यार्थी नेतालाई प्रहरीले नछोडेपनि लगातार
२५ बैशाख, कैलाली – नेत्रविक्रम चन्दनिटक अखिल क्रान्तिकारीले कैलाली जिल्लामा आजदेखि अनिश्चितकालीन शैक्षिक आम हडतालको घोषणा गरेको छ । अखिल क्रान्तिकारीले शुल्क वृद्धिविरुद्ध वैशाख २२ गते संयुक्त विद्यार्थीको आन्दोलनका क्रममा भएको तोडफोड र प्याब्सनका पूर्वअध्यक्ष आरसी यादवलाई अभद्र व्यवहारमा संलग्न भएको विषयलाई लिएर सेती अञ्चल ब्युरो इन्चार्ज बिमल धामी र कैलाली सह–सचिव रमेश साउँदविरुद्ध जिल्ला
१९ बैशाख, भद्रपुर – केन्द्रीय सहमतिअनुसार निजी विद्यालयमा भएको शुल्क वृद्धि लगायत समस्याबारे अघि बढ्ने सरोकार भएकाहरुको प्रतिबद्धतापछि विद्यार्थी सङ्गठनले झापामा जारी राखेको विद्यालय बन्दलगायत कार्यक्रम फिर्ता लिएका छन् । संवाद समूह झापाको संयोजनमा बिर्तामोडमा सोमबार साँझ सम्पन्न सर्वपक्षीय वार्तामा भएको सहमतिअनुसार आन्दोलनरत विद्यार्थी सङ्गठनले अनिश्चितकालीन विद्यालय बन्दको कार्यक्रम फिर्ता लिएका हुन् । आन्दोलरत विद्यार्थी
१७ बैशाख, बुटवल – जिल्ला शिक्षा कार्यालय, स्थानीय पाठ्यक्रम निर्धारण समन्वय समितिले देवदह नगरपालिकाको नगर परिषद्बाट निर्णय भए बमोजिम बनेको स्थानीय पाठ्यक्रम निर्माण समितिले बनाएको पाठ्यक्रमलाई स्वीकृत गरी कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ । जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाको अध्यक्षतामा बसेको समितिको बैठकले यसै शैक्षिकसत्रबाट कक्षा ६ र ७ मा लागू हुनेगरी पाठ्यक्रम स्वीकृत गरेको
१५ बैशाख , काठमाडौं – सरकारले निर्दिष्ट गरेको मापदण्डभन्दा बढी शुल्क लिएको बिरोधमा निजी विद्यालयलाई कारबाहीको माग गर्दै संयुक्त विद्यार्थी सङ्गठनले जिल्ला शिक्षा कार्यालयअगाडि गरेको विरोध प्रदर्शनका क्रममा शुक्रबार झडप भएको छ। निजी विद्यालयले विद्यार्थी भर्ना गर्दा मापदण्डभन्दा बढी लिइएको शुल्क सम्बन्धित अभिभावकलाई बोलाएर अविलम्ब फिर्ता गर्नुपर्ने भन्दै ताहचलमा गरिएको प्रदर्शनमा झडप हुँदा केही विद्यार्थी
१५ बैशाख, बैतडी – बैतडीका पाँच शिक्षकले राजीनामा दिएका छन् । स्थानीय तहको चुनावमा उम्मेद्वारी दिनका लागि शिक्षकले टिकट पक्का भएपछि राजीनामा दिएका हुन् । राजीनामा दिने शिक्षकमा सीताराम प्रावि खेती थलाकाडामा कार्यरत शेरबहादुर चन्द, कैलपाल मावि ढाडवका रामबहादुर कुँवर, ज्ञानेश्वर मावि सिद्घेश्वरका पृथ्वीराज पन्त, शिवलिंग मावि बगर धौलाडीका राम सिंह धामी र कुलाउ मावि