Monday 17th February 2025

    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु    चर्चित संगीत संयोजक साहस शाक्यको भ्यालेन्टाइन स्पेशल गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

उम्मेदवारी दिन शिक्षकबाट राजीनामा

Sunday, May 21, 2017 National Power

७ जेठ, गुल्मी – ३१ जेठमा हुने दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनका लागि गुल्मीमा एक शिक्षकले शिक्षण पेसाबाट राजीनामा दिएर वडा अध्यक्षमा उम्मेदवारी दिने भएका छन्।

जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं. १३ स्थित श्री घोर्ले मावि दुबिचौरमा अध्यापन गर्दै आएका शिक्षक खुमबहादुर खत्रीले शिक्षण पेसाबाट राजीनामा दिएर नेपाली कांग्रेसबाट वडा अध्यक्षमा उम्मेदवारी दिने भएका हुन्।

विगत १८ वर्षे लामो शिक्षण पेसालाई विश्राम दिँदै नेपाली कांग्रेसबाट रेसुङ्गा नगरपालिकाको वडा नं. १३ को वडा अध्यक्षमा उम्मेदवार दिँदै छन्।