Sunday 28th May 2023

    गायक ईश्वर पोखरेल र गायिका रचना रिमालको गीत ‘साहुकी छोरी’ सार्वजनिक    फिल्म ‘नीरफूल’ अग्र्यानिक बनेको छ– अभिनेता दयाहाङ राई    धन सम्पती लिएर आइन गायिका केसी (भिडियो सहित)    प्रतिष्ठित भारतीय ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स’ को छैठौं संस्करण काठमाडौंमा आयोजना हुने    चलचित्र पत्रकार संघ नेपालले २४औं वार्षिक उत्सव भव्य रुपमा सम्पन्न

चुनावमा उम्मेद्वारी दिनका लागि शिक्षकले राजीनामा दिए

Friday, April 28, 2017 National Power

१५ बैशाख, बैतडी –  बैतडीका पाँच शिक्षकले राजीनामा दिएका छन् । स्थानीय तहको चुनावमा उम्मेद्वारी दिनका लागि शिक्षकले टिकट पक्का भएपछि राजीनामा दिएका हुन् ।

राजीनामा दिने शिक्षकमा सीताराम प्रावि खेती थलाकाडामा कार्यरत शेरबहादुर चन्द, कैलपाल मावि ढाडवका रामबहादुर कुँवर, ज्ञानेश्वर मावि सिद्घेश्वरका पृथ्वीराज पन्त, शिवलिंग मावि बगर धौलाडीका राम सिंह धामी र कुलाउ मावि कुलाउका कार्यरत गोरखबहादुर चन्द रहेका जिल्ला शिक्षा कार्यालय बैतडीका नायव सुब्बा बसन्तबहादुर सिंहले जानकारी दिए । ती शिक्षकहरुले २५ वर्षभन्दा बढी शिक्षण पेसा गरिसकेका बताइएको छ ।