Tuesday 14th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

चुनावमा उम्मेद्वारी दिनका लागि शिक्षकले राजीनामा दिए

Friday, April 28, 2017 National Power

१५ बैशाख, बैतडी –  बैतडीका पाँच शिक्षकले राजीनामा दिएका छन् । स्थानीय तहको चुनावमा उम्मेद्वारी दिनका लागि शिक्षकले टिकट पक्का भएपछि राजीनामा दिएका हुन् ।

राजीनामा दिने शिक्षकमा सीताराम प्रावि खेती थलाकाडामा कार्यरत शेरबहादुर चन्द, कैलपाल मावि ढाडवका रामबहादुर कुँवर, ज्ञानेश्वर मावि सिद्घेश्वरका पृथ्वीराज पन्त, शिवलिंग मावि बगर धौलाडीका राम सिंह धामी र कुलाउ मावि कुलाउका कार्यरत गोरखबहादुर चन्द रहेका जिल्ला शिक्षा कार्यालय बैतडीका नायव सुब्बा बसन्तबहादुर सिंहले जानकारी दिए । ती शिक्षकहरुले २५ वर्षभन्दा बढी शिक्षण पेसा गरिसकेका बताइएको छ ।