Monday 17th February 2025

    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न    बि स्टारको दोस्रो शाखा सुरु    चर्चित संगीत संयोजक साहस शाक्यको भ्यालेन्टाइन स्पेशल गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक

निजी दुई विद्यालयलाई मान्यता नदिइएको भन्दै आपत्ति

Tuesday, June 6, 2017 National Power

२३ जेठ काठमाडौं – निजी तथा आवासीय विद्यालय सञ्चालकहरूको दुई संस्थाले सरकारले ल्याएको शिक्षा नियमावली–२०७३ मा निजी संस्थागत विद्यालयलाई मान्यता नदिइएको भन्दै आपत्ति जनाएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेन प्याब्सन र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन एन प्याब्सनले आज यहाँ पत्रकार सम्मेलन गरी नियमावलीको मस्यौदामा आफूहरूले दिएका सुझाव समावेश नगरिएकाले यसका विरुद्ध आन्दोलनमा जाने जनाएको छ ।

शुल्क लिनका लागि विगत १५ बर्ष अघि तय गरिएको विधि अवैज्ञानिक भएको र व्यक्तिको सम्पत्ति बेच्न, सट्टापट्टा गर्न तथा थपघट गर्न समेत मन्त्रालयको स्वीकृति लिनुपर्ने प्रावधान सङ्घीयतासँग मेल नखाने ती संस्थाको दाबी छ ।

प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फे र एन प्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले जारी गरेको संयुक्त विज्ञप्तिमा १५ दिनभित्र आफ्ना माग सम्बोधन नभए आन्दोलनमा जाने उल्लेख छ ।