काठमाडौं – “माटो बदलिँदैन, विचार बदलौं” भन्ने नाराका साथ नेपाली कला, संस्कृति तथा चलचित्र क्षेत्रको सर्वाङ्गिण विकासका लागि विसं २०५२ मा स्थापना भएको परिवर्तन नेपालले राजधानीमा आयोजित एक कार्यक्रममा हालै चलचित्र विकास बोर्डका नवनियुक्त सदस्य सन्तोष बाबु लोहनीलाई सम्मान गरेको छ । विशिष्ट चलचित्र अभिनेत्री बसुन्धरा भुषाल, विशिष्ट कलाकार कृष्ण मल्ल, लय संग्रौला, विशिष्ट चलचित्र
काठमाडौं – संगीत केवल मनोरञ्जनको माध्यम मात्र होइन, यो भाषा, संस्कृति र पहिचानको संवाहक पनि हो । नेपाल जस्तो बहुभाषिक, बहुसांस्कृतिक मुलुकमा संगीतको विविधता झल्काउने र सर्जकहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) द्वारा आयोजित राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२५ को आठौं संस्करणका लागि मनोनयन सार्वजनिक गरिएको छ ।
कमला जोशी/ काठमाडौं – नेपाली सांगीतिक इतिहासमा पहिलो पटक, लोक दोहोरीको मौलिक पहिचानलाई जगेर्ना गर्दै प्रतिस्पर्धात्मक ढाँचामा रूपान्तरण गर्ने उद्देश्यसहित ‘लोक दोहोरी स्टार’ नामक विशेष प्रतियोगिता आयोजना गरिँदैछ । नेपाली लोक दोहोरीको संरक्षण र प्रवद्र्धन गर्ने हेतुले यो कार्यक्रम ल्याइएको आयोजक संस्थाले बताएको छ । प्रतियोगिताको निष्पक्षता र स्तर उन्नत बनाउन अनुभवी तथा ख्यातिप्राप्त
काठमाडौं – काठमाडौंको मुटुमा स्थापित रोमान्टिक कथालाई उजागर गर्दै शिवरात्रीको अवसर पारेर “KTM डाउनटाउन” म्युजिक भिडियोको पोस्टर सार्वजनिक गरिएको छ । गायक तथा गीतकार NEP Z को पहिलो म्युजिक भिडियोका रूपमा यो रिलिज हुन लागेको हो, जसले उनको सांगीतिक यात्रामा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । नेपाली गीतसंगीतमा आफ्नो मौलिक गीत लेखनका लागि परिचित
काठमाण्डौ – नेपाली संगीत उद्योगमा करिब दुई दशकदेखि सक्रिय चर्चित संगीत संयोजक साहस शाक्यले महाशिवरात्रि २०२५ को पवित्र अवसर पारेर आफ्नी छोरी सुदेशना शाक्यको आवाजमा एउटा शिव भजन सार्वजनिक गरेका छन्। साहस शाक्य नेपाली चलचित्र संगीत र पार्श्व संगीतमा विशेष पहिचान बनाइसकेका छन्। चलचित्र ‘ठूली’ को टाइटल गीत म त मर्छु कि क्या हो ठूली चलचित्र
काठमाडौं –स्रष्टा अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा एक भव्य समारोहबीच मिलाप मासिकको आयोजनामा गीतकार, संगीतकार, गायक एवं कवि बान्तुका पाँच गीतको भिडियो सार्वजनिक गरिएको हो । समारोहमा ‘हरपल हरक्षण’, ‘माया हल्का हल्का’, ‘मनको फूलबारी’, ‘सम्बन्ध’ र तिम्रै प्रवाह’ गीतका भिडियो सार्वजनिक गरिएको थियो ।
काठमडौं- नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति, वरिष्ठ कवि तथा मुन्धुमविद् बैरागी काइँलासम्बन्धी ग्रन्थ लोकार्पण गरिएको छ । नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले हालै राजधानीमा एक कार्यक्रम आयोजना गरी ‘बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ’ लोकार्पण गरेको हो । ग्रन्थको लोकार्पण काइँलासहित डा. गोविन्दराज भट्टराई, डा. अभि सुवेदी, राससका महाप्रवन्धक सिद्धराज राई, समाजसेवी मकरध्वज वनेमलगायतले लोकार्पण गर्नुभएको थियो । प्रतिष्ठानद्वारा
काठमाडौं – चलचित्र ‘ताण्डवम्’को ट्रेलर सार्वजनिक गरिएको छ । जुनिम गहतराजको निर्देशनमा निर्माण भएको चलचित्रको ट्रेलरमा सस्पेन्स र थ्रिल देखिन्छ । पारिवारिक तथा एक्सन थ्रिलर जनरामा निर्माण भएको चलचित्रको ट्रेलरमा प्रेम र बदलाको कथा समेटिएको छ । चलचित्रले एक नवविवाहित जोडीले पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरूको जीवनमा घट्ने अकल्पनीय घटनाको कथा भन्ने निर्माणपक्षले जनाएको
काठमाडौँ – विक्रम गौतमले सञ्चालन गरेको ‘बि स्टार यूनिसेक्स एकेडेमी तथा सलुन’को दोस्रो ब्रान्चको सक्किगोनीका चर्चित कलाकार सागर लम्साल ‘बले’ र पुरुषोत्तम आचार्य ‘प्रहरी इन्स्पेक्टर’ले आज उद्घाटन गरेका छन् । बिहीबार बिहान बनस्थली स्थित चमती चोकमा रहेको बि स्टारमा रिबन काटेर यि दुई कलाकारले सलुन उद्घाटन गरेका हुन् । लामो समय देखि टेलिफिल्म, म्युजिक भिडियो
काठमाण्डौ – नेपाली संगीत उद्योगमा करिब दुई दशकदेखि सक्रिय चर्चित संगीत संयोजक साहस शाक्य ले भ्यालेन्टाइन स्पेशल नयाँ गीत ‘तिमी उदायौ यो जीवनमा’ सार्वजनिक गरेका छन्। नेपाली चलचित्र संगीत तथा पार्श्व संगीतमा उनले विशेष पहिचान बनाइसकेका छन्। चलचित्र ‘ठूली’ को टाइटल गीत ‘म त मर्छु कि क्या हो ठूली’, चलचित्र ‘प्रकाश’ को ‘क्या बाँचौला’, प्रकाश