Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

चलचित्र ‘ताण्डवम्’को ट्रेलर सार्वजनिक

Sunday, February 16, 2025 National Power

काठमाडौं – चलचित्र ‘ताण्डवम्’को ट्रेलर सार्वजनिक गरिएको छ । जुनिम गहतराजको निर्देशनमा निर्माण भएको चलचित्रको ट्रेलरमा सस्पेन्स र थ्रिल देखिन्छ । पारिवारिक तथा एक्सन थ्रिलर जनरामा निर्माण भएको चलचित्रको ट्रेलरमा प्रेम र बदलाको कथा समेटिएको छ ।

चलचित्रले एक नवविवाहित जोडीले पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरूको जीवनमा घट्ने अकल्पनीय घटनाको कथा भन्ने निर्माणपक्षले जनाएको छ । चलचित्रमा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की, अंकित खड्का, गोपाल कटुवालको अभिनय छ । यो चलचित्र फागुन ९ गतेबाट प्रदर्शनमा आउँदै छ ।