Wednesday 25th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

महाशिवरात्रि २०२५: साहस शाक्यले सार्वजनिक गरे शिव भजन, सुदेशना शाक्यको स्वरमा

Tuesday, February 25, 2025 National Power

काठमाण्डौ – नेपाली संगीत उद्योगमा करिब दुई दशकदेखि सक्रिय चर्चित संगीत संयोजक साहस शाक्यले महाशिवरात्रि २०२५ को पवित्र अवसर पारेर आफ्नी छोरी सुदेशना शाक्यको आवाजमा एउटा शिव भजन सार्वजनिक गरेका छन्।

साहस शाक्य नेपाली चलचित्र संगीत र पार्श्व संगीतमा विशेष पहिचान बनाइसकेका छन्। चलचित्र ‘ठूली’ को टाइटल गीत म त मर्छु कि क्या हो ठूली चलचित्र ‘प्रकाश’ को क्या बाँचौला प्रकाश तिमिल्सिनाको प्रिय तिम्रो सिउँदोमाु ‘म मर्न जाँदै छु’ जस्ता गीतहरू विशेष रूपमा हिट भएका छन्।

त्यस्तै, उनका संगीत संयोजनमा बनेका क्या दामी भो हङ्गामा भो  जिन्दगी यो फुलै फुलको थुँगो हुँदैन, बेहुला बनाउँछु भन्थी, बिच्च बिच्चमा, बहिस्कारू जस्ता गीतहरू नेपाली संगीत प्रेमीहरूले अत्यधिक रुचाएका छन्। उनका संगीतमा थुप्रै ख्यातिप्राप्त गायक–गायिकाहरूले गीत गाइसकेका छन्, जसले नेपाली संगीत उद्योगमा नयाँ उचाइ थपेको छ।

यस पटक उनले ‘ओम नमः शिवाय’ बोलको शिव भजन सार्वजनिक गरेका छन्। यस भजनमा स्वर उनकै छोरी सुदेशना शाक्यको रहेको छ। काठमाडौँको डी ए भि स्कूलमा कक्षा ४ मा अध्ययनरत सुदेशना शाक्यले यसअघि ‘बिच्च बिच्चमा’, ‘५ बुद्धा मन्त्र’, ‘नेपाली क्रिकेट जिन्दाबाद’, ‘छुनुमुनुझ जस्ता गीतहरूमा पनि आफ्नो स्वर दिइसकेकी छन्।

यसपटकको शिव भजनमा संगीत संयोजन र मिक्सिङ-मास्टरिङ समेत साहस शाक्यले नै गरेका छन्। गीत सुदेशना इन्टरटेन्मेन्ट स्टुडियोमा रेकर्ड गरिएको हो र सुदेशना इन्टरटेन्मेन्ट को प्रस्तुति रहेको छ। यो गीत साहस शाक्यको आधिकारिक युट्युब च्यानल ‘मुक्ति मन्त्र शक्ति’ बाट सार्वजनिक गरिएको छ।

चलचित्र संगीतदेखि हिट गीतहरूसम्मको यात्रामा साहस शाक्यको यो शिव भजन विशेष गरी सनातन हिन्दुहरूको बीचमा लोकप्रिय हुने अनुमान गरिएको छ।