काठमाडौं – प्रदर्शनकारीले बानेश्वरमा रहेको संसद् भवन जलाएका छन् । हजारौँको संख्यामा संसद् प्रवेश गरेका प्रदर्शनकारीले संसद् भवनभित्रै आगजनी गरेका हुन् ।
काठमाडौं – संसद् भवन नयाँ बानेश्वरमा हजारौँको संख्यामा प्रदर्शनकारी प्रवेश गरेका छन् । उनीहरु अहिले भर्खरै त्यहाँ प्रवेश गरेका हुन् । यसअघि हजारौँको संख्यामा सो क्षेत्रमा प्रदर्शनकारी जम्मा भएका थिए ।
काठमाडौं -नेपाली सेनाको सुरक्षा घेरा तोडेर प्रदर्शनकारी मंगलबार (भदौ २४) दिउँसो देशको प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबारभित्र प्रवेश गरेका छन् । ‘जेनजी’को प्रदर्शनको दोस्रो दिन उनीहरू सिंहदरबार छिरेका हुन् । प्रदर्शनकारी यति बेला मन्त्रालयभित्र छिरेर तोडफोडमा उत्रिएका छन् । प्रदर्शनकारीले यसअघि राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूका घरघरमा आगो लगाइसकेका छन् ।
काठमाडौं – रास्वपाका सबै सांसदहरुले सामूहिक राजीनामा दिएका छन् । यस्तो विज्ञप्ति जारी गर्दै उनीहरु सबैले सामूहिक राजीनामा दिएका हुन् । वि.सं. २०८२ भदौ २४ ने.सं.११४५ ञंलागा द्वितीया आदरणीय आम नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरु, सामूहिक राजीनामा देशमा व्याप्त भ्रष्टाचार, कानूनी शासनको अवहेलना, क्रुर राजनीतिक अभ्यास र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता खोसिएको विरुद्धमा
काठमाडौं- सरकार विरुद्ध मंगलबार सडकमा उत्रिएका जेनजी युवाहरूले विभिन्न स्थानका प्रहरी बिटमा आगजनी र तोडफोड गरेका छन् । राजनीतिक नेताहरूको निजी निवासको खोजी गर्दै हिँडेका युवाले प्रहरी बिट देख्नसाथ आगजनी गरेका हुन् । सोमबार जेनजीले सुरु गरेको समाजिक सञ्जाल बन्द र भ्रष्टाचार विरोधी प्रदर्शनमा सरकारले कम्तीमा १९ जनाको हत्या गरेपछि युवा आक्रोश झनै बढेको हो
काठमाडौं – मन्त्री निवास भैँसेपाटीमा अहिले प्रदर्शनकारीले आगजनी गरेका छन् । मन्त्रीहरुलाई नेपाली सेनाको हेलिकोप्टरले निकालेलगत्तै प्रदर्शनकारी भित्र प्रवेश गरेका थिए । अहिले मन्त्री क्वाटरमा आगो लागिरहेको छ ।
काठमाडौं -नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एमाले नेताहरु शंकर पोखरेल, गोकर्ण विष्टलगायतको घर तोडफोड गरेका छन् । प्रदर्शनकारीले नेताहरुको निवासलाई आज टार्गेटमा राखेका छन् ।
काठमाडौं – जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमतका महासचिव चन्दनकुमार सिंहले जेनजी पुस्ताको आन्दोलनप्रति समर्थन रहेको बताए । “समर्थन फिर्ता लिइसकेका छौँ । औपचारिक पत्र बुझाउन मात्रै बाँकी छ,” उनले भने । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई पनि राजीनामा दिन पार्टी अध्यक्ष सिके राउतले निर्देशन दिएका छन् ।
काठमाडौं – काठमाडौंको सुरक्षा अवस्था नियन्त्रण बाहिर गएको छ । नेता तथा मन्त्रीका घरहरूमा आगजनी तथा केही प्रहरी कार्यालयहरूमा समेत तोडफोड र आगजनी भएको छ । सुरक्षा अवस्था चारवटै सुरक्षा संगठनको नियन्त्रणबाहिर गएपछि नेताहरूलाई सुरक्षित ठाउँतर्फ सार्न थालिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले अवस्था नियन्त्रणमा लिन नसक्ने जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराइसकेका
काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा आगजनी गरेका छन् । प्रदर्शनकारी केहीघण्टा अघि नै त्यहाँ पुगेका थिए । लगातार ढुंगा प्रहारपछि अहिले प्रचण्डको निवासमा आगजनी गरेका छन् । प्रहरीले अहिले सो क्षेत्रमा गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् ।