Wednesday 17th December 2025

    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी

पुनः म्याद थपका लागि बाबुल गिरीलाई आज अदालत पेस गरिँदै

Wednesday, October 29, 2025 National Power

काठमाडौँ –  गायिका नितु पौडेल मृत्युको घटनामा सङ्गीतकार बाबुल गिरीमाथि अनुसन्धान नसकिएकोले प्रहरी पुन: म्याद थपका लागि अदालतमा पेस गर्ने भएको छ ।  ५ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले दिएको अनुमति मंगलबार सकिएको छ ।

प्रहरीले अनुसन्धान अझै बाँकी रहेकोले थप केही दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप्न लागेको जिल्ला प्रहरी परिसर काठमाडाैँमा एक अधिकृतले रातोपाटीलाई बताए ।

गायिका पौडेलका आफन्तले दिएको आत्महत्या दुरुत्साहन जाहेरीको आधारमा गिरीलाई प्रहरीले पक्राउ गरेको थियो ।

कात्तिक १ गते शनिबार अनामनगरस्थित गिरीकै स्टुडियोमा पौडेलले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन् । उनको उपचारका क्रममा कात्तिक ७ गते शुक्रवार बिहान कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको थियो ।
बाबुल र नितु झन्डै ७ वर्षदेखि प्रेम सम्बन्धमा थिए । प्रहरीसँगको प्रारम्भिक बयानमा गिरीले प्रेम सम्बन्ध स्वीकारेका छन् ।