Friday 8th May 2026

    विशिष्ट र वरिष्ठ कलाकार सम्मानसँगै म्युजिक भिडियो कलाकार सङ्घको भव्य कार्यक्रम    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड

पुनः म्याद थपका लागि बाबुल गिरीलाई आज अदालत पेस गरिँदै

Wednesday, October 29, 2025 National Power

काठमाडौँ –  गायिका नितु पौडेल मृत्युको घटनामा सङ्गीतकार बाबुल गिरीमाथि अनुसन्धान नसकिएकोले प्रहरी पुन: म्याद थपका लागि अदालतमा पेस गर्ने भएको छ ।  ५ दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले दिएको अनुमति मंगलबार सकिएको छ ।

प्रहरीले अनुसन्धान अझै बाँकी रहेकोले थप केही दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप्न लागेको जिल्ला प्रहरी परिसर काठमाडाैँमा एक अधिकृतले रातोपाटीलाई बताए ।

गायिका पौडेलका आफन्तले दिएको आत्महत्या दुरुत्साहन जाहेरीको आधारमा गिरीलाई प्रहरीले पक्राउ गरेको थियो ।

कात्तिक १ गते शनिबार अनामनगरस्थित गिरीकै स्टुडियोमा पौडेलले शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी थिइन् । उनको उपचारका क्रममा कात्तिक ७ गते शुक्रवार बिहान कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको थियो ।
बाबुल र नितु झन्डै ७ वर्षदेखि प्रेम सम्बन्धमा थिए । प्रहरीसँगको प्रारम्भिक बयानमा गिरीले प्रेम सम्बन्ध स्वीकारेका छन् ।