Sunday 3rd May 2026

    छैटौं संस्करणका लागि ‘हिमालयन इन्टरनेशनल अवार्ड’ को आवेदन खुला    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित

चलचित्र विकास बोर्डद्वारा १७८ चलचित्रकर्मीलाई परिचयपत्र वितरण

Sunday, October 19, 2025 National Power

काठमाण्डौ – चलचित्र विकास बोर्डले शुक्रबार एक विशेष कार्यक्रमका बीच १७८ जना चलचित्रकर्मीलाई परिचयपत्र वितरण गरेको छ। २० वर्षभन्दा लामो समयदेखि स्वदेशी चलचित्र क्षेत्रमा सक्रिय रहँदै आएका ती चलचित्रकर्मीहरूलाई बोर्डले सम्मानपूर्वक परिचयपत्र प्रदान गरेको हो। चाबहिल स्थित चलचित्र विकास बोर्डको हलमा आयोजित सो कार्यक्रमको अध्यक्षता बोर्डका अध्यक्ष दिनेश डीसीले गरेका थिए भने विशेष अतिथि सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयका सहसचिव कोषहरि निरौला रहेका थिए ।

यसअघि बोर्डले ३० वर्षभन्दा बढी समय चलचित्र क्षेत्रमा योगदान दिएका कलाकार, निर्देशक, प्राविधिक र अन्य क्षेत्रका व्यक्तिहरूलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको थियो। बोर्डले यसै आर्थिक वर्षदेखि परिचयपत्र प्राप्त गरेका विशिष्ट चलचित्रकर्मीहरूका लागि वार्षिक रु. १ लाख ५० हजार बराबरको तथा सामान्य चलचित्रकर्मीहरूका लागि रु. ७५ हजार बराबरको स्वास्थ्य बीमा सुविधा सुरु गरेको छ।

कार्यक्रममा बोल्दै अध्यक्ष डीसीले चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गर्नु केवल औपचारिकता नभई पेशागत पहिचान र अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिलाउने कदम समेत भएको बताए । उनले भने( ‘चलचित्रकर्मीको पहिचान, सामाजिक सुरक्षा र प्रतिष्ठाको संरक्षणका लागि बोर्ड निरन्तर क्रियाशील रहन प्रतिबद्ध छ । समारोहमा चलचित्रकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।