काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गाई चुनाव चिह्न गुमाउनुपर्दा पीडावोध भएको बताएका छन् । शुक्रबार गाईतिहारको दिन फेसबुकमा गाई पूजा गरेकव तस्वीर राखेर उनले राप्रपाको सर्वाधिक लोकप्रिय र उपयुक्त चुनाव चिह्न गाई नै रहेको जिकिर गरेका छन् । हिन्दुराष्ट्रको एजेण्डा बोकेको पार्टीका लागि गाई चिह्न ठीक हुन्छ भनेर पार्टीका अरु अध्यक्षहरु पशुपतिशम्शेर
काठमाडौं-आज धनधान्यकी देवी महालक्ष्मीको पूजाआराधना गरिँदैछ । आज कुकुर तिहार हो । तिथीको घटबढका कारण आजै देशैभर दीपावलीका साथ धनधान्यकी देवी महालक्ष्मीको पूजाआराधना गरिँदैछ । बिहानैदेखि घर आगन सरसफाई तथा लिपपोत गरेका गृहणीहरुले उपवास बसी साँझ महालक्ष्मीको पूजा गर्ने गर्दछन् । मूलद्वारदेखि पूजाकोठासम्म रातोमाटोले पोतेर चामलको पीठो र अबिरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती
काठमाडौं – प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन शुरु हुने कार्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजाराधना आजदेखि शुरु गरिँदैछ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजा र आकाशदीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ । आकाशदीपदान पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पीपल आदिको लिङ्गो ठड्याएर
काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको विश्वरूप मन्दिर पुनःनिर्माणका लागि पुरातत्व विभागबाट ड्रइङ डिजाइन स्वीकृत भएको छ ।विश्व सम्पदा सूचीमा सूचिकृत सांस्कृतिक सम्पदा पुनःनिर्माणका लागि विभागको स्वीकृति लिनुपर्ने प्राचीन स्मारक संंरक्षण ऐनले व्यवस्था गरेको छ । विभागबाट ड्रइङ डिजाइन स्वीकृत नभएको, बजेट व्यवस्थापन हुन नसकेको लगायतका कारण भत्किएको पाँच वर्षसम्म
काठमाडौं – नेपालीहरुको महान चाड विजयादशमीको आज मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र जमरा थापेर मनाइन्छ । आज देवी विसर्जनको साइत बिहान १०ः११ बजे र टीकाप्रसाद ग्रहण
काठमाण्डौं – नेपालीको प्रमुख चाड दशैंको टिकाको दिन हो आज । आज आफूभन्दा ठूला मान्यजनबाट टीका थापेर आशीर्वाद लिने दिन हो । आज इष्टमित्र भेटघाट गर्ने दिन पनि हो । यो दशैंको विशेषता नै हो। कोरोना भाइरस संक्रमणको दर बढ्न थालेकाले अघिल्लो बर्ष जस्तो भेटघाट नगरौ। । यति बेला कोरोना भाइरसले सबैतिर चिन्ता बढाएको छ।
काठमाडौ– प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि शुरु हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन दुर्गापक्षमा धूमधामका साथ मनाइने बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजारम्भ हुन्छ । नवरात्रको
काठमाडौं-विश्व हिन्दू महासङ्घले छ महिनादेखि बन्द मुख्य मठ, मन्दिर, गुम्बा, चैत्य लगायत धार्मिक स्थल खुलाउन माग गरेको छ । महासङ्घले भौतिक दूरी कायम राखी सांस्कृतिक स्थल खुला गर्न माग गरेको छ । महाङ्घका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेशप्रसाद न्यौपानेले विज्ञप्ति जारी गरी अन्य क्षेत्र भौतिक दूरी कायम गरी खुलाउने तर मठ, मन्दिर, गुम्बा, चैत्य
काठमाडौं – कोरोना भाइरसको सङ्क्रमणका कारण यस वर्ष ढिला गरी तानिएको रातो मच्छिन्द्रनाथको रथ यात्राको साइत नमिलेको भन्दै ज्योतिषीहरुले आपत्ति जनाएका छन् । साइत हेर्दा तिथि र नक्षत्रको शुद्धाशुद्धिमा ध्यान दिइनुपर्नेमा आइतबार चतुर्थी तिथिका दिनको साइत दिइनु गलत भएको तोयनाथ पन्तको पात्रो ९पञ्चाङ्ग० का सम्पादक सूर्यनाथ पन्तले जानकारी दिए । आइतबार नेपाल पञ्चाङ्ग निर्णायक समितिले
ललितपुर- मच्छिन्द्रनाथको रथ तान्न गएको समुहलाई रोक्ने क्रममा प्रहरीसँग झडप भएको घटनामा संलग्नलाई खोजी खोजी पक्राउ गरेको घटनाको नेवार समुदायले आपत्ती जनाएका छन् । नेवार समुदायका १९ वटा संघसंस्थाले आज एक विज्ञप्तिमार्फत् उक्त कदमप्रति आपत्ती जनाउँदै यसलाई तत्काल रोक्न आग्रह गरेका छन् । प्रहरीले धरपडक गरेको भन्दै उक्त कार्य बन्द गरी हिरासतमा रहेका सबैलाई निःशर्त