Thursday 23rd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

जो जहाँ छौं , त्यहीँ बसेर हाँसी खुशी दशैं मनाऔं

Monday, October 26, 2020 National Power

काठमाण्डौं – नेपालीको प्रमुख चाड दशैंको टिकाको दिन हो आज । आज आफूभन्दा ठूला मान्यजनबाट टीका थापेर आशीर्वाद लिने दिन हो । आज इष्टमित्र भेटघाट गर्ने दिन पनि हो । यो दशैंको विशेषता नै हो। कोरोना भाइरस संक्रमणको दर बढ्न थालेकाले अघिल्लो बर्ष जस्तो भेटघाट नगरौ। । यति बेला कोरोना भाइरसले सबैतिर चिन्ता बढाएको छ।

भेटघाट र भीडभाडले कोरोना संक्रमणको दर अझै बढने खतरा छ । दसैँमा मान्यजनहरूबाट टीका थाप्नका लागि बूढापाका-ज्येष्ठ नागरिकहरूसमक्ष जानु पर्ने हुन्छ । यसले झन जोखिम बढने खतरा छ । त्यसैले आज टिका लगाउन भनेर अनावश्यक हिँडडुल र भीडभाड नगरौं । तपाई हामी सवै आआफ्नै घरभित्र बसेर दशैं मनाऔं । यो महामारीबाट सुरक्षित हुन सकिए दसैँ त अर्को वर्ष पनि मनाउन सकिन्छ। हामीले अहिलेको अप्ठ्यारो परिस्थितिमा जो जहाँ छौं , त्यहीँ बसेर हाँसी , खुशी दशैं मनाऔं ।

अव हरेक नागरिक सचेत हुनु पर्ने बेला आएको छ । अहिले हेलचेक्र्याइँ गर्दा संक्रमणको जोखिम बढ्ने मात्रै होइन, ज्यानै जान पनि सक्छ। त्यसैले आज ‘घरमै बसौँ, आफू र समाज सबैलाई सुरक्षित राखौँ । दसैँमा टीका थाप्न आउने , जाने आफन्त तथा नाताकुटुम्बबाटै संक्रमण फैलने सम्भावना छ । यसरी आफन्तलाई टीका थाप्न नआउनू भन्दा पनि नमज्जा लाग्ने । यो आफै बुझने कुरा हो । आफू, घर ,परिवार, समाज र मुलुकलाई संक्रमणबाट सुरक्षित बनाउने कार्यमा जुटौं । दशैंको यही मंगलमय शुभकामना ।