Sunday 26th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

धार्मिकस्थलमा दर्शन एवं पूजा आराधना गर्ने व्यवस्था मिलाउन आग्रह

Saturday, September 12, 2020 National Power

काठमाडौं-विश्व हिन्दू महासङ्घले छ महिनादेखि बन्द मुख्य मठ, मन्दिर, गुम्बा, चैत्य लगायत धार्मिक स्थल खुलाउन माग गरेको छ । महासङ्घले भौतिक दूरी कायम राखी सांस्कृतिक स्थल खुला गर्न माग गरेको छ । महाङ्घका अध्यक्ष रामचन्द्र अधिकारी र महासचिव गणेशप्रसाद न्यौपानेले विज्ञप्ति जारी गरी अन्य क्षेत्र भौतिक दूरी कायम गरी खुलाउने तर मठ, मन्दिर, गुम्बा, चैत्य जस्ता स्थल बन्द गरिरहने सरकारको नीतिप्रति आपत्ति जनाएको हो ।

बौद्धनाथ, स्वयम्भूनाथ, पशुपतिनाथलगायत मुख्य धार्मिक स्थलमा दर्शन एवं पूजा आराधना गर्न चैतदेखि निषेध गरिएको छ । पशुपति क्षेत्र विकास कोषले दूरी कायम गरी मन्दिर खुलाउन साउनमै मापदण्ड बनाएपनि सरकारले खोल्ने अनुमति दिएको छैन ।