Wednesday 22nd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

गाई चुनाव चिह्न गुमाउनुपर्दा पीडावोध भयो : कमल थापा

Sunday, November 15, 2020 National Power

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गाई चुनाव चिह्न गुमाउनुपर्दा पीडावोध भएको बताएका छन् । शुक्रबार गाईतिहारको दिन फेसबुकमा गाई पूजा गरेकव तस्वीर राखेर उनले राप्रपाको सर्वाधिक लोकप्रिय र उपयुक्त चुनाव चिह्न गाई नै रहेको जिकिर गरेका छन् ।

हिन्दुराष्ट्रको एजेण्डा बोकेको पार्टीका लागि गाई चिह्न ठीक हुन्छ भनेर पार्टीका अरु अध्यक्षहरु पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीलाई बुझाउन नसकेको पनि बताएका छन् ।

राप्रपा एकीकरणपछि हाल चुनाव चिह्न हलो राख्ने सहमति भएको छ । हलो चुनाव चिह्नमा सहमति जनाएका थापाले गाई तिहारको दिन गाई चिह्न गुमाउनुपर्दा भावविह्वल भएको पनि उल्लेख गरेका छन् ।