Friday 19th December 2025

    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी

गाई चुनाव चिह्न गुमाउनुपर्दा पीडावोध भयो : कमल थापा

Sunday, November 15, 2020 National Power

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गाई चुनाव चिह्न गुमाउनुपर्दा पीडावोध भएको बताएका छन् । शुक्रबार गाईतिहारको दिन फेसबुकमा गाई पूजा गरेकव तस्वीर राखेर उनले राप्रपाको सर्वाधिक लोकप्रिय र उपयुक्त चुनाव चिह्न गाई नै रहेको जिकिर गरेका छन् ।

हिन्दुराष्ट्रको एजेण्डा बोकेको पार्टीका लागि गाई चिह्न ठीक हुन्छ भनेर पार्टीका अरु अध्यक्षहरु पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीलाई बुझाउन नसकेको पनि बताएका छन् ।

राप्रपा एकीकरणपछि हाल चुनाव चिह्न हलो राख्ने सहमति भएको छ । हलो चुनाव चिह्नमा सहमति जनाएका थापाले गाई तिहारको दिन गाई चिह्न गुमाउनुपर्दा भावविह्वल भएको पनि उल्लेख गरेका छन् ।