काठमाडौं – भाइटीकाको साइत ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । विकास समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले यस वर्षको भाइटीकाको साइत यही कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा रहेको जानकारी दिएका हुन् । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैं र भाइटीकाको साइत सार्वजनिक गर्दै आएको छ ।
काठमाडौं -वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा
काठमाडौं – साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो
काठमाण्डौ – प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहनुभएका कीर्तिकुमार दूमी राईले राससलाई जानकारी दिनुभयो । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस
काठमाण्डौ -सर्व प्रथम सबैमा २०७८ सालको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।यो बर्ष हजुरहरुको लागि उपलब्धि मुलक,सुखी र कर्मशिल होस् । पशुपतिनाथले हामी सबैको रक्षा एवं कल्याण गरून् । २०७८ सालको कुरा गर्दा यो सालको सम्वत्सार नाम राक्षस हो।यो बर्षको राजा मंगल ग्रह हो भने मन्त्री पनि यो बर्ष मंगल ग्रह नै हो । मंगल् ग्रहको
काठमाडौं – कोरोना संक्रमणको जोखिमका बाबजुद भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको रथ निर्माणको काम जारी राखिएको छ । तौमढीस्थित पाँच तले मन्दिर अगाडि भैरवको रथ निर्माणको काम जारी छ । परम्परागत शैलीमा निर्मित प्यागोडा शैलीको तीनतले अग्लो रथलाई सयौं व्यक्तिहरुले दुवै तिरबाट तान्नु बिस्केट जात्राको मुख्य आकर्षण हो । आठ दिन नौ रातसम्म मनाइने बिस्केट जात्रा
काठमाडौं- फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने गरिन्छ । केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय
काठमाडौं – माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी
काठमाडौं- यसबर्षको स्थानी व्रत आजदेखि सुरु भएको छ। बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ। बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ। एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८
काठमाडौं – हिन्दुधर्मालम्बीहरुले बुधबार र बिहीबार हरिबोधनी एकादशी पर्व मनाउने गरेका छन् । बिहीबार एक घडीमात्रै हरिबोधनी पर्व रहेकोले कतिपयले बुधबार नै एकादशी व्रत बस्ने गरेका छन् भने धेरैले बिहीबारको लागि यो पर्व मान्ने गरेका छन् । अहिलेको यो एकादशीबाट भगवान् विष्णुलाई जगाउने एकादशीको रुपमा चिनिन्छ । ४ महिनाअघि शयनको लागि समुद्रमा पुगेका भगवान विष्णु