Thursday 23rd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

पुल्चोक झडपमा संलग्नलाई खोजी खोजी पक्राउ गर्न थालेपछि नेवार समुदायका १९ वटा संघसंस्थाको आपत्ती

Sunday, September 6, 2020 National Power

ललितपुर- मच्छिन्द्रनाथको रथ तान्न गएको समुहलाई रोक्ने क्रममा प्रहरीसँग झडप भएको घटनामा संलग्नलाई खोजी खोजी पक्राउ गरेको घटनाको नेवार समुदायले आपत्ती जनाएका छन् । नेवार समुदायका १९ वटा संघसंस्थाले आज एक विज्ञप्तिमार्फत् उक्त कदमप्रति आपत्ती जनाउँदै यसलाई तत्काल रोक्न आग्रह गरेका छन् ।

प्रहरीले धरपडक गरेको भन्दै उक्त कार्य बन्द गरी हिरासतमा रहेका सबैलाई निःशर्त रिहा गर्न अपिल समेत गरिएको छ । नेपाल भाषा मंका खल: लगायत १९ सै जातीय खलः पुचः को गम्भिर ध्यान आकृष्ट भएको समेत जनाइएको छ ।

विज्ञप्तिमा आपसी सरसल्लाहमा समाधान गर्न सक्ने मान्यताका साथ सबैलाई संयमित रहन समेत अपिल गरिएको छ । रथ जात्रा सम्पन्न गर्न जातीय खलः पुचः प्रयासरत रहेको र सबैसँग समन्वय गरी अघि बढ्न तयार रहेको अवगत गराइएको छ ।

यसअघि बिहिबार भएको झडपका क्रममा संलग्नलाई प्रहरीले भिडियो हेरेर खोजी गरेको थियो । उनीहरुको हुलियाका आधारमा ठेगाना पत्ता लगाउँदै पक्राउ गरिएको हो । यसप्रति नेवार समुदायले गम्भीरता देखाएको हो ।