४ असार,काठमाडौँ /अरबिन्द्र गौतम – रुस विश्वकपमा साविक विश्वकप विजेता जर्मनीविरुद्ध मेक्सिको जित हासिल गरेको छ। खेलको दौरान विश्व विजेता जर्मनीविरुद्ध खेलको ३५ औं मिनेटमा मेक्सिकोका हिर्भिङ लुजानोले मात्र उत्कृष्ट एक गोल गरेका हुन्। निक्कै प्रतिस्पर्धात्मक बनेको खेलमा जर्मनीले गोल हान्ने प्रयास गरे पनि मेक्सिकोको डिफेन्स बिरुद्द केहि गर्न सकेन। जर्मनीविरुद्ध लगातार काउन्टर एट्याक गरेको
४ असार, काठमाडौं – ब्राजिल र स्वीट्जरल्याण्डले बराबरी खेलेका छन् । आइतबार राति पौने १२ बजेबाट भएको खेलमा ब्राजिल स्वीट्जरल्याण्डले १—१ को बराबरी खेलेर अंक बाँडेका छन् ।खेलको पहिलो हाफमा ब्राजिलले १ गोलको अग्रता लिएको भएपनि ५० औं मिनेटमा स्टेभन जुबेरले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । ब्राजिलका लागि फिलिप्पे कुटिन्होले २० औं मिनेटमा
२ असार,काठमाण्डौ – सबैको नजर मेसीमाविश्व फुटबलका सुपर स्टार लियोनेल मेसीको कप्तानीमा अर्जेन्टीनाले आफ्नो वर्ल्ड कपको शुरुवात शनिबार (आज) बाट गर्दैछ । फिफा विश्व कपमा पहिलो पटक खेल्दै गरेको आइसल्याण्डको विरुद्ध धमाकेदार शुरुवात गर्ने लक्ष्यका साथ अर्जेन्टीना मैदानमा उत्रदैछ । मास्कोको स्पार्टक स्टेडियममा यो खेल नेपाली समय अनुसार शनिबार ६ः४५ मा हुने छ । बार्सिलोनाका
२ असार, काठमाडौं – विश्वकपमा पोर्चुगललाई समर्थन गर्ने युवाको समूहले शनिबार बिहान पशुपति मन्दिर परिसरमा सफाइ कार्यक्रम गरेका छन् । झण्डै १ सयको संख्यामा रहेका पोर्चुगल समर्थक युवाको समूहले पशुपति मन्दिर परिसरमा सरसफाइ गरेको हो । युवराज भुसाल, राजन भुसाल लगायतको नेतृत्वमा सरसफाइ कार्यक्रम भएको हो । ‘फुटबलको समर्थनलाई समाजिक उत्तरदायित्वसँगै जोड्दै सिर्जनात्मक कामसँग जोडने
काभ्रे – रसियामा आयोजना हुने फिफा वल्र्ड कप २०१८ ले नेपाली खेलप्रेमी अहिले उत्साहित छन् । फिफा वरियतामा कमजोर राष्ट्र भएपनि नेपालमा सम्भवतः सबैभन्दा बढी रुचाइने खेल हो, फुटबल । त्यसैले त के गाउँ के शहर अहिले जताततै फुटबलको चर्चा छ । बिहिबारदेखि रसियामा फुटबल सुरु हुँदै गर्दा नेपाली खेलप्रेमीहरु आ–आफ्नो मनपर्ने टीमको जर्सीसहित देखिन थालिसकेका
२० जेठ, काठमाडौं – विश्वकपको उपाधि दावेदार जर्मनी मैत्रीपूर्ण खेलमा पराजित भएको छ । अभ्यास खेलमा जर्मनीलाई अस्ट्रियाले २- १ ले हराएको हो । खेलमा शुरुमा अग्रता भने जर्मनीले लिएको थियो । ११ औं मिनेटमा ओजिलको गोलबाट जर्मनीले लिएको अग्रता दोस्रो हाफमा टिक्न सकेन । ५३ औं मिनेटमा अस्ट्रियाका मार्टिनले बराबरी गोल फर्काए । अस्ट्रिया
१७ जेठ, काठामाडौं – स्पेनिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले पदबाट राजीनामा घोषणा गरेका छन् । क्लब फुटबलको सर्वाधिक ठूलो उपाधि मानिने च्याम्पियन्स लिगमा लगातार तीन सिजन रियल मड्रिडलाई उपाधि जिताएका उनले आज पत्रकार सम्मेलन गर्दै क्लब छाड्ने निर्णय लिए ।
१६ जेठ, बुटवल – बुटवलमा पहिलोपटक राष्ट्रिय मेयर कप खुल्ला टेबल टेनिस प्रतियोगिता हुने भएको छ । रुपन्देही जिल्ला टेबल टेनिस संघको आयोजनामा यही जेठ १८ र १९ गते हुने प्रतियोगितामा देशभरबाट जुनसुकै उमेर समूहका पुरुष र महिला खेलाडी सहभागी हुन सक्ने छन् । आयोजक संघका जिल्ला अध्यक्ष कृष्णकुमार श्रेष्ठका अनुसार प्रतियोगितामा विभागीय टिम त्रिभुवन
१५ जेठ, काठमाडौं – इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) र च्याम्पियन्स लिगको खेलका क्रममा बाजी खेलाउनेमा गुण्डा नाइके दावा लामाको पनि संलग्नता देखिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले पूर्वफुटबलर अन्जन केसीसहित ६ जनालाई पक्राउ गरेको छ । लामा भने फरार छन् । उनको खोजी भइरहेको परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलले जनकारी दिए ।
१४ जेठ, काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । वानखेडे मैदानमा आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले २० करोड भारुसहित उपाधि जित्न सफल भयो । टस हारेर व्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७८ रन बनाएको थियो ।