Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

विश्वकप फुटबल :आज अर्जेन्टीना र आइसल्याण्ड भिड्दै

Saturday, June 16, 2018 National Power

२ असार,काठमाण्डौ – सबैको नजर मेसीमाविश्व फुटबलका सुपर स्टार लियोनेल मेसीको कप्तानीमा अर्जेन्टीनाले आफ्नो वर्ल्ड कपको शुरुवात शनिबार (आज) बाट गर्दैछ । फिफा विश्व कपमा पहिलो पटक खेल्दै गरेको आइसल्याण्डको विरुद्ध धमाकेदार शुरुवात गर्ने लक्ष्यका साथ अर्जेन्टीना मैदानमा उत्रदैछ । मास्कोको स्पार्टक स्टेडियममा यो खेल नेपाली समय अनुसार शनिबार ६ः४५ मा हुने छ । बार्सिलोनाका स्टार लियोनल मेसी अहिलेसम्म आफ्नो देशलाई कुनै पनि ठूलो उपाधि दिलाउनका लागि असफल भएका छन् । अर्जेन्टिनाले अघिल्लो संस्करणमा पनि उपबिजेतामा चित्त बुझाउनु परेको थियो ।

अहिलेको विश्व कपमा अर्जेन्टीना तेस्रो पटक विश्वकप जित्ने लक्ष्यकासाथ रुस पुगेको छ, भने सवैको नजर मेसीमा परेको छ ।विश्व कपको ग्रुप ‘डी’ मा भएका सबै टीम लगभग बराबरीका छन् । अहिले आइसल्याण्डलाई नै अलि कमजोर टीमको रुपमा हेरिन्छ । तर आइसल्याण्ड पछिलो दुई वर्षमा सानदार फर्ममा चलिरहेको छ । त्यसैले पनि आइसल्याण्डलाई कमजोर टीमको रुपमा लिनु जुनसुकै टीमको लागि पनि खतरा हुन सक्छ ।तर पनि अर्जेन्टीना यो खेलमा जसरी भए पनि जीत निकालनको लागि खेल्ने छ, किनकी अब हुने खेलमा अर्जेन्टीनाले नाईजेरिया र क्रोएशिया जस्ता दमदार टीमको सामना गर्नु पर्ने छ ।अर्जेन्टीनाले क्वालिफाइमा प्रदर्शन त्यती राम्रो गर्न सकेको थिएन एक समय त विश्व कपबाट बाहिरीने सम्भावना पनि बढेको थियो ।

मेसीले इक्वाइटर विरुद्ध ह्याट्रीक गर्दै आफ्नो टीमलाई विश्वकपको टीकट कटाएका थिए । अर्जेन्टीनाको टीम मेसीमा कति निर्भर छ, भन्ने कुरा पनि यो खेलबाट अन्दाज लगाउन सकिन्छ ।क्वालिफाइ सकिएपछि अर्जेनटीनाले स्पेन र नाईजीरियासँग खेलेको खेल गुमाउनु परेको छ । सो खेलमा अर्जेन्टीनाका दुई जना स्टाईकर खेलाका थिएनन् । अब हुने ग्रुप ‘डी’को पहिलो खेलमा पनि खेल जिताउने जिम्मा मेसीमा नै हुने छ । २०१४ मा मेसी आफ्नो विश्व कप जीतने सपना लगभग पूरा गर्न लागेका थिए तर फाइनलमा जर्मनीसँग हार्नु प¥यो । अहिलेको विश्वकपमा मेसी पुरानो कुरा बिर्सदै ट्रफी आफ्नो नाम गर्न चहान्छन् ।अहिले पनि गोल किपर सर्जियो रोमेरो र फरवड मैनुएल लांजिनी चोटका कारण खेलबाट बाहिर भएको अवस्थामा ३० वर्षिय मेसीको जिम्मेवारी झन बढेको छ । यो खेलमा आइसल्याण्डको लागि मेसी, सर्जियो एगुएरा, एंजेल डि मारिया र गोंजालो हिगुएनलाई रोक्न चुनौती हुने छ ।

जर्ज सापोलीको टीम अर्जेन्टीनाले यो खेलमा आफ्नो सम्पूर्ण खेल कौशल देखाउन जरुरी छ किनकी आइसल्याण्डले यूरो २०१६ को क्वाटर फाइनल खेलमा र विश्व कपको छनौट खेलमा आफ्नो क्षमता देखाई सकेको छ ।आइसल्याण्डका कोच हीमिर हालग्रिमसन आफ्नो टीमले पहिलेकै जस्तो प्रदर्शन फेरी पनि दोहो¥याउने विश्वासमा छन् । अर्जेन्टीनापछि ग्रुप ‘डी’ मा आईसल्याण्डले क्रोएशिया र नाईजेरियाको सामना गर्नेछ । विश्वकप क्वालिफायरमा आइसल्याण्ड र क्रोएशिया एउटै ग्रुपमा थिए ।

त्यो बेला पनि आइसल्याण्ड ग्रुपको शीर्ष स्थानमा थियो ।अहिले गाइल्फी सिगर्डसन फिट हुनु पनि आइसल्याण्डको लागि खुसीको कुरा हो । त्यस्तै अल्फ्रेड फिनबोगसन र जोहान बर्ग गुडमंडसनको पनि अनुभव खेलमा महत्व पूर्ण रहने छ । यसरी हेर्दा आइसल्याण्डले नतिजा आफ्नो नाम गरेर विश्व फुटबलमा ठूलो उलटफेर गर्ने सोच्न सक्छ ।