Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

विश्वकपको जात्रा, जर्सीको व्यापार

Thursday, June 14, 2018 National Power

काभ्रे  – रसियामा आयोजना हुने फिफा वल्र्ड कप २०१८ ले नेपाली खेलप्रेमी अहिले उत्साहित छन् । फिफा वरियतामा कमजोर राष्ट्र भएपनि नेपालमा सम्भवतः सबैभन्दा बढी रुचाइने खेल हो, फुटबल । त्यसैले त के गाउँ के शहर अहिले जताततै फुटबलको चर्चा छ ।

बिहिबारदेखि रसियामा फुटबल सुरु हुँदै गर्दा नेपाली खेलप्रेमीहरु आ–आफ्नो मनपर्ने टीमको जर्सीसहित देखिन थालिसकेका छन् । सामाजिक सञ्जालमा समेत खेलप्रेमीसहित आफ्नो टिमले जित्ने दाबीका साथ बहस गरिरहेका छन् ।

तुलनात्मक रुपमा नेपालमा ब्राजिल, अर्जेन्टिना, स्पेन, जर्मनी, फ्रान्स, इङ्ल्याण्डलगायतका देशका समर्थक बढिरहेका छन् ।

समर्थकहरु आफूलाई मनपर्ने टिमको जर्सीसहित देखिने क्रम बढ्दै गर्दा राजधानीका पसलहरुमा त्यस्ता जर्सीको व्यापार पनि ह्वात्तै बढेको ब्यापारीहरु बताउँछन् । पछिल्लो सातासाता यता बजारमा सिधै मात्रै नभएर अनलाइनमार्फत समेत खरिद गर्नेहरु उत्तिकै रहेको बताइएको छ ।

बिहिबारदेखि सुरु हुने विश्वकप जुलाई १५ सम्म चल्ने छ । यो पटकको विश्वकपमा ३२ राष्ट्रको सहभागिता रहनेछ ।

_ अरबिन्द्र गौतम