काभ्रे – रसियामा आयोजना हुने फिफा वल्र्ड कप २०१८ ले नेपाली खेलप्रेमी अहिले उत्साहित छन् । फिफा वरियतामा कमजोर राष्ट्र भएपनि नेपालमा सम्भवतः सबैभन्दा बढी रुचाइने खेल हो, फुटबल । त्यसैले त के गाउँ के शहर अहिले जताततै फुटबलको चर्चा छ ।
बिहिबारदेखि रसियामा फुटबल सुरु हुँदै गर्दा नेपाली खेलप्रेमीहरु आ–आफ्नो मनपर्ने टीमको जर्सीसहित देखिन थालिसकेका छन् । सामाजिक सञ्जालमा समेत खेलप्रेमीसहित आफ्नो टिमले जित्ने दाबीका साथ बहस गरिरहेका छन् ।
तुलनात्मक रुपमा नेपालमा ब्राजिल, अर्जेन्टिना, स्पेन, जर्मनी, फ्रान्स, इङ्ल्याण्डलगायतका देशका समर्थक बढिरहेका छन् ।
समर्थकहरु आफूलाई मनपर्ने टिमको जर्सीसहित देखिने क्रम बढ्दै गर्दा राजधानीका पसलहरुमा त्यस्ता जर्सीको व्यापार पनि ह्वात्तै बढेको ब्यापारीहरु बताउँछन् । पछिल्लो सातासाता यता बजारमा सिधै मात्रै नभएर अनलाइनमार्फत समेत खरिद गर्नेहरु उत्तिकै रहेको बताइएको छ ।
बिहिबारदेखि सुरु हुने विश्वकप जुलाई १५ सम्म चल्ने छ । यो पटकको विश्वकपमा ३२ राष्ट्रको सहभागिता रहनेछ ।
_ अरबिन्द्र गौतम